जसपा निकट प्रेस मञ्चको प्रशिक्षण जनकपुरमा « Khabarhub

जसपा निकट प्रेस मञ्चको प्रशिक्षण जनकपुरमा


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट संगठन प्रेस मञ्च, नेपालले प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । मधेस प्रदेशको जनकपुरमा संगठनको प्रदेश समितिले तीनदिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

मंगलबारदेखि जारी कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजनीतिक समिति सदस्य अर्जुन थापाले प्रशिक्षण दिइरहेका छन् । पार्टी अध्यक्ष यादवले संघीयता, समाजवाद, मधेस र पत्रकारिता विषयमा सहभागीहरुलाई प्रशिक्षण दिए ।

नेता अर्जुन थापाले सामाजिक लोकतन्त्रमा लोककल्याणकारी राज्यको अवधारणा विषयमा प्रशिक्षण दिए । प्रशिक्षणमा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारसहित करिब १०० जना सहभागी रहेका छन् । प्रशिक्षण भोलिसम्म चल्ने छ ।

प्रशिक्षणमा विभिन्न सञ्चारमाध्यममा आवद्ध करिब १०० जना सहभागी रहेका छन् । प्रशिक्षण भोलिसम्म चल्ने छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ३४ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड