निङलाशैनीले जित्यो बिडिसिए कपको उपाधि « Khabarhub

निङलाशैनीले जित्यो बिडिसिए कपको उपाधि


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा जारी २० औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङलाशैनी क्रिकेट क्लबले हात पारेको छ ।

आज यहाँ सम्पन्न फाइनल खेलमा दशरथचन्द एकेडेमीमाथि एक विकेटको सङ्घर्षपूर्ण जित निकाल्दै निङलाशैनीले उपाधि रक्षा गरेको हो । यो उपाधिसँगै निङलाशैनीले रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । एकेडेमीले दिएको २२९ रनको लक्ष्य पछ्याएको निङलाशैनीले ४६.१ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य हासिल ग¥यो ।

त्यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको एकेडेमी ४९ ओभरमा २२८ रनमा समेटियो । एकेडेमीका वसन्त खत्रीले ५८ रनको योगदान गरे । निङलाशैनीका कप्तान रिसिकेश बोहरा र खडक बोहराले ३÷३ विकेट हात पारे ।

यसैबीच प्रतियोगिताभर ५४६ रन र ८ विकेट लिन सफल निङलाशैनीका खडक बोहरा सर्वोत्कृट खेलाडी र बेस्ट बलर हुँदै साढे ७ हजार पुरस्कार हात पारे । प्रतियोगितामा १४ विकेट लिएका एकेडेमीका वसन्त खत्री बेस्ट बलर हुँदै २ हजार ५ सय पुरूस्कार पाए ।

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल,नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिलाले संयुक्तरूपमा पुरस्कार वितरण गरे।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा गत मङ्सिर १६ गतेदेखि सुरू भएको प्रतियोगितामा १३ टोली सहभागी थिए ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १० : २३ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु

म्याग्दीबाट एक सय निर्वाचन प्रहरी बागलुङ पठाइयो

म्याग्दी – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्याग्दीबाट १००

दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध नेपाल सात विकेटले विजयी

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको पहिलो