एनसेल प्रकरणविरुद्ध माइतीघरमा शान्ति समाजको प्रदर्शन, १७ जना पक्राउ « Khabarhub

एनसेल प्रकरणविरुद्ध माइतीघरमा शान्ति समाजको प्रदर्शन, १७ जना पक्राउ


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राज्यलाई झण्डै ३ खर्ब रुपैयाँ हानि नोक्सानी पुर्‍याउने नियतले एनसेल घोटाला प्रकरणमा भएको चलखेललाई राज्यविरुद्धको अपराध भन्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

एनसेल प्रकरणमा वर्तमान प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरुसहित राजनीतिज्ञहरुको संलग्नता रहेको भन्दै समाजले प्रदर्शन गरेको हो । प्रचलित कानुनअनुसार सरकारको स्वामित्वमा आउने सम्पत्ति केही व्यक्ति र गिरोहको कब्जामा पार्ने चलखेल भइरहेको समाजले जनाएको छ ।

त्यसैगरी, समाजले राज्यका विभिन्न निकायका पदाधिकारीहरु सन्देहको घेरामा रहेको हुँदा विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्न, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण गर्न, राज्यलाई ठूलो हानिबाट जोगाउन र एनसेल प्रकरणमा संलग्नलाई दण्डित गर्न माग गरेको छ ।

प्रदर्शनमा सहभागीले एनसेल प्रकरणमा संलग्न प्रधानमन्त्री–पूर्वप्रधानमन्त्रीलाई कारबाही गर, प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री देउवाको संदिग्घ सिंगापुर भ्रमणमा भएका ‘डिल’ बारे छानबिन हुनुपर्छ, शीर्ष नेता मिलेका ः खरब–खरब निलेका, देशलाई तीन खर्ब हानि पुर्याउने चलखेल राज्यविरुद्धको अपराध होजस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शन गर्ने १७ जना गिरफ्तार

प्रदर्शनमा सहभागी शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, अधिकारकर्मीहरु बलबहादुर गाहा मगरसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई पुलिस क्लब भृकुटीमण्डपमा राखिएको समाजले जनाएको छ । एनसेल महाघोटाला प्रकरणविरुद्ध निरन्तर नागरिक निगरानी र खबरदारीस्वरुप समाजले आन्दोलन सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ३ : ४२ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६