सहायक प्रशिक्षक सिलाकार र कप्तान कुथु एनएसएलबाट प्रतिबन्धित « Khabarhub

सहायक प्रशिक्षक सिलाकार र कप्तान कुथु एनएसएलबाट प्रतिबन्धित


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट एनएसईएमले नेपाल सुपर लिग (एनएसएल) को क्लब ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रवीन्द्र सिलाकारमाथि प्रतिबन्ध लगाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै एनएसईएमले दिएको जानकारीअनुसार सहायक प्रशिक्षक सिलाकारलाई एनएसएलको दोस्रो संस्करणका आगामी सबै खेलका लागि प्रतिबन्ध गरिएको हो ।

३ पुसमा स्पोर्टिङ इलाम डे मेची एफसीविरुद्धको खेलमा रेफ्री सुरोजित दासमाथि हातपात र जातीय अपशब्द प्रयोग गरेको आरोपमा उनलाई आयोजकले तत्काल लागू हुनेगरी प्रतियोगिताका आगामी खेलबाट र एनएसएल सम्बन्धित सबै गतिविधिबाट प्रतिबन्ध लगाएको जनाएको छ । साथै उनलाई २० हजार जरिवाना समेत गरेको छ ।

यस्तै, एनएसईएमले वीरगञ्ज युनाइटेड एफसीसँगको खेलमा रेफ्रीमाथि आक्रोशित व्यवहार देखाएका इलामका कप्तान विकेश कुथुलाई पनि एक खेलमा प्रतिबन्ध र १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ५ : २६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका