रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै १६औँ योजना सार्वजनिक गर्ने आयोगको तयारी « Khabarhub

रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै १६औँ योजना सार्वजनिक गर्ने आयोगको तयारी


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय योजना आयोगले उत्पादन वृद्धि सहितको रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै १६औँ योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आयोगले प्रदेश र स्थानीय तहको छलफलका सुझाव आइसकेको जानकारी दिँदै उत्पादन वृद्धि सहितको रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर छिटै १६औँ योजना सार्वजनिक गर्ने तयारी भएको जानकारी दिएको हो ।

संघीय स्वरुपअनुसार प्रदेशलाई महत्वपूर्ण भूमिका दिनुपर्ने, तीनै तहको अन्तरसम्बन्धलाई बलियो बनाउनुपर्ने, वित्तीय स्रोतको विनियोजन तथा आयोजना छनौट गर्दा संघीय संरचनालाई ध्यान दिनुपर्नेलगायतका सुझाव आएको आयोगले जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले कोरोना महामारी, अन्तराष्ट्रिय परिघटनाका कारण १५ औँ योजनाका उपलब्धी अपेक्षित नदेखिएको बताए । उनले १६ औँ योजना सम्भावना भएका आर्थिक लगायतका क्षेत्रमा लक्ष्य हासिल गर्नका लागि सुझाव सहितको योजना राखिएको जानकारी दिए ।

उनले कानुन, जनशक्तिको अभावमा प्रदेशले पूर्ण रुपमा काम गर्न नसकेकाले प्रदेशलाई पूर्णरुपमा काम गर्न सक्ने गरि सवै पूर्वाधार दिन सक्ने १६ औ योजना सफल हुने दाबी गरे ।।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ५ : ४७ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई