एसईईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने | Khabarhub Khabarhub

एसईईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसईई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् ।

नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसईई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे । बोर्डका अध्यक्ष डा शर्माले भने, “एसईईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुँदैछ । यस वर्षकै एसईई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।”

कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा. ताराप्रसाद गिरीले स्कुल जीवनमा नै भविष्य बनाउनु पर्ने भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिँड्ने व्यक्ति सफल हुने बताए । मार्गनिर्देशनमा नेशनल प्याप्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले अक्षराङ्क प्रणालीका कारण नपढे पनि उत्तीर्ण भइन्छ भन्ने विद्यार्थी र अभिभावक अझै भ्रममा रहेको बताए ।

उनले यस्ता भ्रममा नपरी सिकाइलाई मजबुद बनाउँदै लैजान विद्यार्थीलाई आग्रह गरे । कार्यक्रममा पूर्व परीक्षा नियन्त्रक तथा उपसचिव अर्जुनबहादुर रायमाझी, नेशनल प्याप्सनका केन्द्रीय सदस्य जिबि खड्कालगायतले कोभिडका कारण बिग्रिदै गएको पढाइको पद्धतिलाई विद्यालय, अभिभावक तथा विद्यार्थी सबैले सुधारेर लैजानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ६ : ४४ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच