एकीकृत समाजवादीबाट कोको जाँदैछन् राष्ट्रियसभामा ? | Khabarhub Khabarhub

एकीकृत समाजवादीबाट कोको जाँदैछन् राष्ट्रियसभामा ?


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माधवकमुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका लागि तीनजना नेताको नाम अगाडि सारेको छ । माघ ११ मा हुने निर्वाचनमा समाजवादीको भागमा गडठबन्धनका तर्फबाट ३ सीट पर्ने पक्का छ ।

एकीकृत समाजवादीले उपाध्यक्षद्वय प्रवेश हमाल, घनेन्द्र बस्नेत तथा उपमहासचिव गंगाधर तुलाधरलाई राष्ट्रियसभाको उम्मदेवार बनाउने भएको छ । एकीकृत समाजवादी स्रोतका अनुसार ‘पार्टीभित्र कुनै नाटकीय परिवर्तन नभए’ यी नामहरू नै फाइनल हुन् ।

एकीकृत समाजवादीका एक नेताका अनुसार अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनालवीच पात्रका बारेमा टुंगो लागेको हो । तर, यसलाई औपचारिकता दिन भने बाँकी छ ।

एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने पात्र र सीट संख्याको बारेमा टुंगो नलागेको बताए । उनले भने, ‘अहिले त्यतातिर ध्यान नै दिएको छैन । बैठकमा पार्टी विधानका बारेमा व्यापक छलफल भइरहेको छ । शुक्रबार पनि बैठक छ ।’

हाल राष्ट्रियसभामा एकीकृत समाजवादी ८ सांसद छन् । यीमध्ये फागुन २१ देखि तीन सीट खाली हुँदैछन् । गठबन्धनले तीनै सीट एकीकृतलाई दिए उसको स्थान सुरक्षित राख्ने तयारी छ ।

नेकपा एकीकृत समाजवादीबाट सिंहबहादुर विश्वकर्मा, नन्दा चपाइको पदावधि सकिँदै छ । यस्तै पदावधि सकिन लागेका स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि समाजवादीबाटै जितेका थिए ।

राष्ट्रियसभा २० जना सांसदहरुको पदावधि फागुन २१ मा सकिँदै छ । राष्ट्रियसभामा पदावधि सकिने एमालेका ९ जना छन् भने गठबन्धनतर्फ नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका ३ र जसपाका एक जना सांसद छन् ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ९ : ०९ बजे

धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

जनकपुरधाम– धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन्

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए