इसाई धर्मको मूल्यमान्यता र आस्थाले विभेद अन्त्य गर्न सघाउ पुर्‍यायो : मुख्यमन्त्री शर्मा « Khabarhub

इसाई धर्मको मूल्यमान्यता र आस्थाले विभेद अन्त्य गर्न सघाउ पुर्‍यायो : मुख्यमन्त्री शर्मा


५ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट मुलुकमा धार्मिक स्वतन्त्रता प्राप्त भएको बताएका छन् ।

इसाई समाज सुर्खेतद्वारा ‘ख्रीष्टमस बडादिन तथा नव वर्ष २०२४’ को पूर्वसन्ध्यामा वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री शर्माले जनयुद्धको जगमा भएको जनआन्दोलन र नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट मुलुकले संविधान, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता प्राप्त गरेको बताए ।

ख्रीष्टमसलगायत पर्व एवं स्वतन्त्रताका साथ आफ्नो संवैधानिक अधिकार उपभोग गर्ने हक गणतान्त्रिक व्यवस्थाको उपलब्धि भएको उनको भनाई छ ।

इसाई धर्मको मूल्यमान्यता र आस्थाले विभेद अन्त्य गर्न सघाउ पुर्‍याएको बताएका मुख्यमन्त्री शर्माले खुशीसँग जोडिएको समृद्धि र सुखसँग जोडिएको आर्थिक सम्पन्नता अनि ‘समृद्ध कर्णाली, सुखारी कर्णाली’ को लक्ष्य पूरा गर्ने अभियानमा सबै धर्मावलम्बीको सहयोग आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १० : ४६ बजे

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको