विद्यालयले अन्य पोसाक किन्न बाध्य पारे महानगरले कारबाही गर्ने | Khabarhub Khabarhub

विद्यालयले अन्य पोसाक किन्न बाध्य पारे महानगरले कारबाही गर्ने


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ ।

केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार कोही कसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय गरिने छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १२ : १९ बजे

सरकारको साथ छाडेकी रञ्जिता पनि सत्ता गठबन्धनको बैठकमा

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको घोषणा गरिसकेको महिना

रास्वपाको चेतावनी : उपसभामुख रानालाई हटाए सडक संघर्षमा जान्छौँ

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरलाई

संघिय लोकतान्त्रिक गणतन्त्र स्थायित्वको लागि सूचनाको हक महत्त्वपूर्ण छ : गृहमन्त्री लेखी

जनकपुरधाम– मधेश प्रदेश सरकार गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संघिय लोकतान्त्रिक

एमाले मोरङको कार्यालयमा पूर्वराष्ट्रपति भण्डारी, जिल्ला अध्यक्षसहितले गरे स्वागत

विराटनगर– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले मोरङ जिल्ला कमिटीको कार्यालयमा पुगेकी

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

चितवन–  जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् ।