नेपाल सुपर लिग : लिग चरणका अन्तिम दुई खेल हुँदै « Khabarhub

नेपाल सुपर लिग : लिग चरणका अन्तिम दुई खेल हुँदै


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । आज बुटवल लुम्बिनी एफसी र वीरगञ्ज युनाइटेड तथा ललितपुर सिटी र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुनेछ ।

आज दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा बुटवल र वीरगन्ज भिड्ने छन् । यस्तै, साँझ ५ भने सुरु हुने दोस्रो खेलमा ललितपुर र काठमाडौँबीच प्रतिस्पर्धा हुने छ ।

आज वीरगन्जले जित निकालेमा १० अङ्कमा रहेको झापा एफसीलाई उछिन्दै शीर्ष चारमा आफ्नो स्थान पक्का गर्ने छ । यस्तै, ललितपुर र काठमाडौँ बीचको खेलको विजेताले पनि प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्ने छ ।

ललितपुरले जित हासिल गरेमा दोस्रो स्थानमा रहेको धनगढी भन्दा अगाडि रहँदै शीर्ष दुईमा रहँदै प्लेअफमा खेल्ने छ भने काठमाडौँले जित निकाले तेस्रो स्थानमा रहेर लिग चरण टुंग्याउने छ ।

यता, हिजो भएको लिग चरणको आफ्नो अन्तिम खेलमा चितवन एफसीसँग पराजित भएपछि झापाको प्लेअफ सम्भावना कमजोर बनेको छ । आज बुटवल र ललितपुर दुवै टिमले जित निकालेको खण्डमा मात्र झापाको प्लेअफको यात्रा पक्का हुनेछ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १० : ४१ बजे

एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीहरुले मनाउने एक महिने गुँला पर्व आज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१