नेपाल सुपर लिग : लिग चरणका अन्तिम दुई खेल हुँदै | Khabarhub Khabarhub

नेपाल सुपर लिग : लिग चरणका अन्तिम दुई खेल हुँदै


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । आज बुटवल लुम्बिनी एफसी र वीरगञ्ज युनाइटेड तथा ललितपुर सिटी र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुनेछ ।

आज दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा बुटवल र वीरगन्ज भिड्ने छन् । यस्तै, साँझ ५ भने सुरु हुने दोस्रो खेलमा ललितपुर र काठमाडौँबीच प्रतिस्पर्धा हुने छ ।

आज वीरगन्जले जित निकालेमा १० अङ्कमा रहेको झापा एफसीलाई उछिन्दै शीर्ष चारमा आफ्नो स्थान पक्का गर्ने छ । यस्तै, ललितपुर र काठमाडौँ बीचको खेलको विजेताले पनि प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्ने छ ।

ललितपुरले जित हासिल गरेमा दोस्रो स्थानमा रहेको धनगढी भन्दा अगाडि रहँदै शीर्ष दुईमा रहँदै प्लेअफमा खेल्ने छ भने काठमाडौँले जित निकाले तेस्रो स्थानमा रहेर लिग चरण टुंग्याउने छ ।

यता, हिजो भएको लिग चरणको आफ्नो अन्तिम खेलमा चितवन एफसीसँग पराजित भएपछि झापाको प्लेअफ सम्भावना कमजोर बनेको छ । आज बुटवल र ललितपुर दुवै टिमले जित निकालेको खण्डमा मात्र झापाको प्लेअफको यात्रा पक्का हुनेछ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १० : ४१ बजे

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ

बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

ढाका – बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको

दुई सातापछि मेची राजमार्ग सञ्चालन

इलाम – गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण