मानव तस्करीमा सघाएको आरोपमा एक ट्राभल्स सञ्चालक पक्राउ « Khabarhub

मानव तस्करीमा सघाएको आरोपमा एक ट्राभल्स सञ्चालक पक्राउ


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली कागजातका आधारमा मिलेमतोमा भ्रमण भिसामा विदेश पठाइ मानव तस्करीमा सघाउने गरेको अभियोगमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ ।

गैरकानुनी काम गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे नगरपालिका-७  घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ‘सिटी टुर्स एण्ड ट्राभल्स’का सञ्चालक ४५ वर्षीय विनोद कार्की रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

उनका अनुसार भ्रमण भिसामा विदेश जान लागेका युवायुवतीको शंकास्पद कागजात सहिद राहदानी एक हजार पाँच सय १३ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएकामा सोमध्ये दुई सय ४६ कागजात नक्कली कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरण नक्कली देखिएकामा उक्त कागजात बनाउने व्यक्तिको पहिचान गर्ने निजलाई पक्राउ बिहीबार पक्राउ गरेर आज सार्वजनिक गरिएको हो ।

उक्त नक्कली कागजातका आधारमा के-कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा एजेन्ट, कन्सलटेन्सी, ट्राभल्स एजेन्सीले एयरलाइन्सलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजारसम्म र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजारसम्म दिएर मिलाइ विदेश पठाउने खुल्न आएकामा सोमा संलग्न ट्राभल्स सञ्चालक कार्कीलाई काठमाडौँको बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताएका छन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १ : १० बजे

प्रचण्डलाई विप्लवको जवाफ : चुनावी सहकार्यसमेत नगर्नेसँग एकता हुन सक्दैन

काठमाडौं- नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली

थाइल्यान्डमा सैन्य विमान दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु

बैंकक– उत्तरी थाइल्यान्डको चियाङ माई प्रान्तमा सैन्य प्रशिक्षण अभियानको क्रममा

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत– यस वर्ष जिल्लाबाट ३२ करोड रुपैयाँको सुन्तला निर्यात गरिएको

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा