छवि र शिल्पाको विवाह दर्ता गराएका वडा सचिवको रहस्यमयी मृत्यु « Khabarhub

छवि र शिल्पाको विवाह दर्ता गराएका वडा सचिवको रहस्यमयी मृत्यु


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराउने काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको निधन भएको छ ।

केही दिनअघि छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको भन्दै उनीमाथि अख्तियारमा उजुरी हालेकी थिइन् ।

निवेदन परेपछि केही दिनदेखि उनी तनावमा थिए । पहिलो श्रीमतीसँग विवाह दर्ता भए या नभएको नबुझी उनले विवाह दर्ता गरेको भन्दै उनी लगायत अन्यविरुद्ध अख्तियारमा उजुरी परेको थियो । ६ महिनाअघि वडासचिव प्रकाश पौडेललाई छविराज ओझाले दबाबमा पारेर विवाह दर्ता गर्न लगाएको स्रोतले बताएको छ ।

छवि र शिल्पाविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी गरिरहेका बेला वडा सचिवको निधन भएको हो । यो घटनालाई रहस्यमयी घटनाका रुपमा हेरिएको छ ।

परिवारका अनुसार उनको बिहान ३ बजे निधन भएको थियो । मृत्युको कारण अहिलेसम्म पनि खुलेको छैन ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : १९ बजे

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार ८ गते सोमबार सन् २०२६

आज २०८३ साल असार ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ८ गते सोमबार सन् २०२६

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा