घरको कुन दिशालाई शयन कक्ष बनाउने ? « Khabarhub

घरको कुन दिशालाई शयन कक्ष बनाउने ?


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

आफू सुत्ने कोठा अर्थात् शयन कक्षमा के–के सामान राख्ने वा नराख्ने भनेर वास्तुशास्त्रले पनि बताएको छ ।

वास्तुशास्त्रमा घरको भान्सा, पूजाघर, बेडरुम आदिको विशेष महत्व छ । यी स्थान सही दिशामा हुन र यसमा राखिने चीज सही हुनुपर्ने वास्तुशास्त्रको मान्यता छ ।

यदि यी चीज सही नभएमा घरमा नकारात्मक ऊर्जा प्रवाह हुने वास्तुको मान्यता छ । यस्तोमा बेडरुममा हुने केही गल्ती सुधार गर्न वास्तुको सुझाव छ  ।

वास्तुशास्त्रमा घरको पूर्व दिशामा विवाहित जोडीको बेडरुम हुँदा उनीहरूको सम्बन्धमा र घरमा नकारात्मकता भित्र्याउने मान्यता छ ।

त्यसैगरी घरको मूल व्यक्तिको बेडरुम उत्तर दिशामा हुनुलाई अशुभ मानिएको छ । उत्तर दिशा कुबेरको दिशा भएकाले घरमूली यस दिशामा सुत्दा घरमा आर्थिक अभाव हुने देखिन्छ ।

त्यसैगरी घरमूलीको बेडरुम दक्षिण दिशामा हुनु सबैभन्दा शुभ मानिन्छ । साथै सुत्दा दक्षिण दिशा तर्फ शिर पारेर सुते शुभ मानिन्छ । यसले घरमा शुभ हुने मान्यता छ ।

घरको पूर्व र दक्षिणको बीचको भागलाई आग्नेय कोण भनिन्छ । यहाँ बेडरुम राख्नु हुँदैन ।

यस दिशामा सुत्ने व्यक्ति क्रोधी र गलत निर्णय लिने स्वभावको हुनुका साथै अनिद्रा र तनावको सिकार बन्ने सम्भावना बढी रहन्छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ६ : ४८ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको