महानगरको नयाँ उपाय, चिया कफी बिनै रेष्टुरेन्टको शौचालय प्रयोग गर्न पाइने « Khabarhub

महानगरको नयाँ उपाय, चिया कफी बिनै रेष्टुरेन्टको शौचालय प्रयोग गर्न पाइने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौंको सार्वजनिक स्थानमा शौचालयको अभाव महशुस गर्दै काठमाडौं महानगरपालिकाले तत्काल २० स्थानमा शौचालय बनाउने भएको छ ।

सार्वजनिक स्थानमा शौचालय बनाउने कार्य थाले पनि स्थानीयवासीको अवरोध भइरहेको महानगरले जनाएको छ । शौचालय भन्नसाथ स्थानीयको दिमाग दुर्गन्ध तिर जाने र आफू बसेका स्थानमा शौचालय निर्माण गर्न अवरोध पुर्‍याइरहेको काठमाडौं महानगरपालिका अन्तर्गत शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले खबरहबलाई जानकारी दिए ।

जग्गा उपलब्ध भएसम्म तुरुन्त शौचालयको निर्माण कार्यको थालनी हुने बस्नेतले बताए । बस्नेतकाअनुसार निजी संघसंस्थाहरुले पनि शौचालय निर्माण गर्नका लागि प्रस्ताव गरिरहेका छन् । ‘हामीलाई डिजाइन दिनुस्, हामी निर्माण गर्छौ‌ भनेका छन्’ उनले भने ‘तत्कालका लागि जग्गाको अभाव नै मुख्य समस्या हो ।’

महानगरपालिकाले सर्वसाधारणको मर्कालाई बुझेर विभिन्न सपिङ मल र रेष्टुरेन्टहरुसँग सहकार्य गरी शौचालयको पहुँच पुर्‍याउने कार्य सुरु गर्ने भएको छ ।

‘अहिले ५० वटा रेष्टुरेन्टले सर्वसाधरणलाई शौच गर्नका लागि आफ्नो शौचालय प्रयोग गर्न दिने सहमति गरेका छन्’ बस्नतले भने ‘रेष्टुरेन्टमा गएर खाजा तथा चिया, कफी अर्डर नगरी त्यहाँको शौचालय कसरी प्रयोग गराउन सकिन्छ भन्नेबारे हामीले काम गरिरहेका छौँ ।’

अहिले राजधानीका ५७ स्थानमा सार्वजनिक शौचालय रहेका छन् । जसमध्ये ५४ स्थानका शौचालय चालु अवस्थामै छन् भने ३ स्थानका शौचालय बन्द छन् ।

अहिले जति पनि सार्वजनिक शौचालय छन् । त्यहाँको अवस्था भने दयनीय देखिन्छ । शौचालयको उचित व्यवस्थापनका लागि कर्मचारी पनि बसेका हुन्छन् । कर्मचारीहरु शौचालय व्यवस्थापनमा भन्दा शौच गरेको पैसा बटुल्न केन्द्रीत हुने गरेका छन् ।

धेरैजसो स्थानमा शौचालयको रेखदेखमा बस्नेहरु वरीपरी खुद्रे पसल राख्ने र शौचालयमा भन्दा बढी व्यापारमा ध्यान दिने गरेको पाइन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : ४२ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर