अध्यादेशबाट विधेयक ल्याएर सरकार चलाउँछु भन्नु अशाेभनीय : नेता महर « Khabarhub

अध्यादेशबाट विधेयक ल्याएर सरकार चलाउँछु भन्नु अशाेभनीय : नेता महर


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारकै केही मन्त्रीबाट अध्यादेशमार्फत् विधेयक ल्याएर शासन गर्ने भन्ने कुरा आइरहेकाले त्यो आपत्तिजनक भएको बताएका छन् ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस स्ववियुले आयोजना गरेको प्रथम स्ववियु खेल सप्ताह समापन समारोहलाई सम्बोधन गर्दै नेता महरले जनताको म्यान्डेटबाट चुनिएर संसद‍्मा गएका नेता र मन्त्रीले अध्यादेशबाट विधेयक ल्याएर शासन गर्ने अभिव्यक्ति दिनु जनताका लागि कुनै हालतमा स्वीकार्य नहुने बताए ।

‘सरकार अध्यादेशको भरमा चल्नु राम्रो होइन, यो मुलुकका लागि खतरा हो । वर्तमान सरकारकै केही मन्त्रीले जनताको म्यान्डेटलाई कुल्चिएर अध्यादेशमार्फत विधेयक ल्याएर सरकार चलाउने कुरा गरिरहनु भएको छ । यो स्वीकार्य हुँदैन’ उनले भने । शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक केही मन्त्रीले उक्त अभिव्यक्ति दिएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व सम्हालेको एक वर्ष पुग्दा पनि सरकारले अझै गति लिन नसकेको महरको टिप्पणी छ । ‘सरकारले युवाको पक्षमा काम गर्नुपर्थ्यो । त्यो हुन सकेको छैन । युवाहरूमा चरम निराशा बढ्दो छ । दिनहुँ एयरपोर्टमा विदेसिने युवाको लर्को थपिँदो छ । सरकारले युवाहरूको समस्या समाधानमा गम्भीर बन्नुपर्छ’ उनले भने ।

नेपाली कांग्रेस गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले बाटो बिराइरहेको सरकारलाई सुध्रिन दबाब दिनुपर्ने बेला आइसकेको उनले औंल्याए ।

अहिलेको राजनीतिमा जनताले कृष्णप्रसाद भट्टराई जस्तो सन्त नेता खोजिरहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा उनको योगदानको स्मरण गर्दै नेता महरले किशुनजीबाट आदर्शपूर्ण राजनीति सिक्नुपर्ने बताए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  २ : १२ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख