३ हजारले लिए निःशुल्क स्वास्थ्य सेवा « Khabarhub

३ हजारले लिए निःशुल्क स्वास्थ्य सेवा


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य सेवा शिविरमा तीन हजार बढीले सेवा लिएका छन् ।

जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानीय नागरिकले शिविरमा स्वास्थ्य जाँच गराएका छन् । प्रतापपुर गाउँपालिका–७ जगरनाथपुरमा रहेको श्री गणेश माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा बालरोग, स्त्री तथा प्रसुति रोग, नाक, कान, घाँटी, छाला, हाडजोर्नी, आँखा र दाँतलगायत विभिन्न १३ वटा रोगको स्वास्थ्य जाँच गरिएको गोरखदल गणका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताए । शिविरमा १७ जना विशेषज्ञ चिकित्सकसहित ५४ जना स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा सबैभन्दा बढी ज्येष्ठ नागरिकले सेवा लिएका थिए ।

खासगरी विशेषज्ञ रोगका चिकित्सकको स्वास्थ्य सेवाको पहुँचमा नभएका नागरिकले उक्त सेवा लिएपछि खुसी व्यक्त गरेको प्रमुख सेनानी श्रेष्ठले बताए । प्रतापपुर गाउँपालिका र देवदह मेडिकल कलेजको सहकार्यमा उक्त स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

जस्मा प्रतापपुर गाउँपालिका, जिल्ला अस्पताल र केही स्थानीय स्वास्थ्य संस्थाको सहयोगमा करिब रु आठ लाख बराबरको निःशुल्क औषधि वितरण गरिएको थियो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ३ : ३५ बजे

बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख

सुनसरी– बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका

डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण उद्घाटन 

काठमाडौं– संघीय संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको

नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)

फेरि निखिलको एब्सको चर्चा !

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा