शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न  | Khabarhub Khabarhub

शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न 


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेशनको सहकार्यमा मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

मिथिला चित्रकला मधेशक शान, एहिके उजागर करब शौर्यक अभियान मूल नाराका साथ सुरु गरिएको यो प्रतियोगिता तेस्रो चरणको कार्यक्रम सम्पन्न गर्दै तिन जना विजेता र १२ जनालाई सान्त्वना पुरस्कार प्रदान गर्दै सम्पन्न भएको छ ।

शौर्य सिमेन्टका प्लान्ट हेड गुरु दयाल सिंहको अध्यक्षता र मधेश प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादव, कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला पोखरेल, वरिष्ठ साहित्यकार राजेन्द्र बिमल, लोक कोकिला रशिम रानी सहित विभिन्न वडाका वडाध्यक्षहरूको पनि सहभागिता रहेको थियो ।

प्रतियोगितामा पहिलो हुनेमा सप्तरिकि मिथिला चित्रकार रुबी कर्ण, दोस्रो हुनेमा महोत्तरीकी नेहा कुमारी, तेस्रो हुनेमा धनुषा जनकपुरधामकी बिना कर्ण रहेकी छिन् ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ७५ हजार रुपैयाँ, दोस्रो हुनेलाई नगद ५० हजार रुपैयाँ र तेस्रो हुनेलाई नगद २५ हजार रुपैयाँ साथै बाँकी १२ जनालाई सान्त्वना पुरस्कार नगद ११ हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको थियो । तेस्रो चरणको कार्यक्रममा सहभागी १५ जनाले शौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाएका थिए ।

कार्यक्रममा शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज कुमार महतले स्वागत मन्तव्य राखेका थिए । साथै यस कार्यक्रमको उद्घोषण सन्तोष लाल दासले गरेका थिए । उक्त प्रतियोगितामा निर्णायकको भूमिकामा मिथिला चित्रकार श्याम सुन्दर यादव, मिथिला चित्रकार सुनैना ठाकुर र मिथिला देवी रहेका थिए ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १ : ५४ बजे

एमाले फलामको टुक्रा होइन, कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्नु बेग्लै कुरा हो – प्रधानमन्त्री ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा

रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन 

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बनस्थलीस्थित

बर्खामा दरिएका काठमाडौँका हिटी (तस्बिरहरू)

काठमाडौँ – नेपालको सङ्घीय राजधानी काठमाडौँ उपत्यका लगायत मुख्यतः नेवारी

गृहमन्त्रीका समर्थकलाई सामाजिक बहिष्कार गरौँ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

पाकिस्तानमा भीषण बाढी, ११ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तर–पश्चिमी पहाडी क्षेत्रमा परेको अत्यधिक वर्षा र