बुबा अरबाजको बिहेमा गितार बजाउँदै अर्हान  « Khabarhub

बुबा अरबाजको बिहेमा गितार बजाउँदै अर्हान 


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता सलमान खानका भाइ अरबाज अभिनय बाहेक पनि विभिन्न विषयले चर्चामा आइरहन्छन् । पछिल्लो समय उनी दोस्रो विवाहका कारण चर्चामा छन् । 

अरबाजले मेकअप आर्टिस्ट शुरा खानसँग आइतबार लगन गाँठो कसेका हुन् । मुम्बईमा भएको सो विवाह समारोहमा खान परिवार र नजिकका इस्टमित्रमात्रै सहभागी रहेको बताइएको छ । 

फिल्म निर्माता अतुल अग्निहोत्रीले विवाहको सानो झलक समाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । जसमा अर्बाजका छोरा अर्हानले बुबाको बिहे विशेष बनाउन आफ्नो सांगीतिक प्रस्तुति दिएका छन् । अरबाजले आफ्नो विवाहमा छोराले गितार बजाएको दृश्य मोबाइलमा कैद गरिरहेका छन् । 

२१ वर्षीय अर्हान, अरबाज र मलाइका अरोरका छोरा हुन् । अरबाज र मलाइकाको सन् २०१६ मा डिभोर्स भएको थियो । डिभोर्सपछि अर्हान बुबासँग बस्दै आएका छन् । यद्यपि उनको आमासँग पनि सम्बन्ध राम्रो छ । 

मलाइका अहिले नायक अर्जुन कपुरसँग डेट गरिरहेकी छन् भने अरबाजले आफूभन्दा २२ वर्ष कान्छी प्रेमिका जर्जिया एन्ड्रियानीसँग ब्रेकअप गरेर शुरासँग लगन गाँठो कसेका हुन् । अरबाजशुराको भेट आगामी फिल्म ‘पटना शुक्ला’को सुटिङका क्रममा भएको हो । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ३ : २३ बजे

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

‘दुईदिने बिदाले आन्तरिक पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चलायमान भयो, पुनरावलोकन हुँदैन’

काठमाडौं- सरकारले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै तयारी

विमानस्थल भन्सार प्रणाली स्वचालित बनाउन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन विमानस्थलको भन्सार जाँचपास प्रणालीलाई

बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग

काठमाडौं– सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको

इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा आगलागी, एकको मृत्यु, २११ जनाको उद्धार

एजेन्सी- इन्डोनेसियाको बालीस्थित पर्यटकीय क्षेत्रनजिक यात्रुवाहक डुङ्गामा आगलागी हुँदा एक जनाको