बुबा अरबाजको बिहेमा गितार बजाउँदै अर्हान  | Khabarhub Khabarhub

बुबा अरबाजको बिहेमा गितार बजाउँदै अर्हान 


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता सलमान खानका भाइ अरबाज अभिनय बाहेक पनि विभिन्न विषयले चर्चामा आइरहन्छन् । पछिल्लो समय उनी दोस्रो विवाहका कारण चर्चामा छन् । 

अरबाजले मेकअप आर्टिस्ट शुरा खानसँग आइतबार लगन गाँठो कसेका हुन् । मुम्बईमा भएको सो विवाह समारोहमा खान परिवार र नजिकका इस्टमित्रमात्रै सहभागी रहेको बताइएको छ । 

फिल्म निर्माता अतुल अग्निहोत्रीले विवाहको सानो झलक समाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । जसमा अर्बाजका छोरा अर्हानले बुबाको बिहे विशेष बनाउन आफ्नो सांगीतिक प्रस्तुति दिएका छन् । अरबाजले आफ्नो विवाहमा छोराले गितार बजाएको दृश्य मोबाइलमा कैद गरिरहेका छन् । 

२१ वर्षीय अर्हान, अरबाज र मलाइका अरोरका छोरा हुन् । अरबाज र मलाइकाको सन् २०१६ मा डिभोर्स भएको थियो । डिभोर्सपछि अर्हान बुबासँग बस्दै आएका छन् । यद्यपि उनको आमासँग पनि सम्बन्ध राम्रो छ । 

मलाइका अहिले नायक अर्जुन कपुरसँग डेट गरिरहेकी छन् भने अरबाजले आफूभन्दा २२ वर्ष कान्छी प्रेमिका जर्जिया एन्ड्रियानीसँग ब्रेकअप गरेर शुरासँग लगन गाँठो कसेका हुन् । अरबाजशुराको भेट आगामी फिल्म ‘पटना शुक्ला’को सुटिङका क्रममा भएको हो । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ३ : २३ बजे

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते

सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि