आफ्नै दलका सांसदमाथि खनिए सभापति देउवा « Khabarhub

आफ्नै दलका सांसदमाथि खनिए सभापति देउवा


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय समितिमा विधेयकमाथिको छलफलमा भाग लिँदा प्रतिपक्षको रुपमा प्रस्तुत नहुन पार्टीका सांसदहरुलाई सचेत गराएका छन् ।

काँग्रेस सांसद जिपछिरिङ लामाले विज्ञापन बोर्ड गठन समानुपातिक सिद्धान्तको आधारमा हुुनुपर्ने अडान लिएपछि सभापति देउवाले त्यसप्रति प्रतिवाद गर्दै संसदीय समितिमा प्रतिपक्षको रुपमा प्रस्तुत नहुन सचेत गराएका हुन् ।

मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘विज्ञापन नियमनका लागि व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सबै क्षेत्रमा समानुपातिक सिद्धान्तको आधारमा अघि बढ्न सम्भव नभएकाले त्यसलाई समावेशी सिद्धान्तको आधारमा अघि बढाउने व्यवस्था संविधानमा गरिएको पनि स्पष्ट पारे ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले पार्टीका सांसद लामालाई समानुपातिक मात्रै भनेर हुन्छ, काम गर्न सहज हुनुपर्दैन ? भनि प्रश्न पनि गरेका थिए । उनले विज्ञापन बोर्ड ठूलो हुने भएकाले पनि त्यसलाई समानुपातिक सिद्धान्तको आधार गर्न नसकिने तर्क गरे ।

यता, काँग्रेस सांसद लामाले भने संविधानको व्यवस्था अनुसार सो बोर्डको गठन गर्दा समानुपातिक सिद्धान्तलाई अवलम्बन गर्नुपर्ने अडान राखेका थिए । सोही विषयलाई लिएर सभापति देउवा आफ्नै पार्टीका सांसद लामाप्रति खनिएका थिए ।

बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पनि समावेशी सिद्धान्तको आधारमा विज्ञापन बोर्ड गठन गर्ने व्यवस्था संविधानमै भएकाले सोही अनुसारको प्रावधान राखिएको स्पष्टिकरण दिएका थिए ।

बैठकमा काँग्रेस सांसद हिरा गुरुङले सरकारले गठन गर्ने कुनै पनि निकायमा संविधान बमोजिम ५० प्रतिशत महिलाहरुको प्रतिनिधित्व हुनुपर्ने माग गरे ।

यता काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले विज्ञापन बोर्डमा रहने सदस्यहरुलाई दिने भत्ता पनि कानुनमै उल्लेख गरेर जानुपर्ने प्रस्ताव अघि सारे । बैठकमा समितिका सदस्यहरुले विज्ञापन बोर्डमा नियुक्त हुने अध्यक्षलाई मात्रै तलवको व्यवस्था गर्नुपर्ने पनि बताएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : १९ बजे

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त

बुटवल – लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका