प्रदेश २ मा ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गरिने « Khabarhub

प्रदेश २ मा ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गरिने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेका छन् ।

मुख्यमन्त्री राउतले विर्षात्, गर्मी र हिउँदको मौसमको मारमा सबैभन्दा बढि प्रदेश २ पर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका हुने गरी छुट्टै ‘विपद व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले त्यसका लागि ‘विपद व्यवस्थापन ऐन’ लाई तत्काल संशोधन गरेर अघि बढने योजना पनि अघि सारे ।

मुख्यमन्त्री राउतले वर्षामा बाढी र डुबान, हिउँदमा चिसो र गर्मीमा हुरी, बतास र आगलागीका कारण प्रदेश दुईमा सबैभन्दा बढि जनजनको क्षति हुने भएकाले त्यसलाई नियन्त्रण गर्न प्राधिकरण गठन गरेर अघि बढ्न लागिएको पनि स्पष्ट पारे ।

मुख्यमन्त्री राउतले संघीय सरकारले नदीहरुको तटबन्ध निर्माणको काममा बेवास्ता गरेका कारण तराईका जिल्लाहरु बाढी र डुबानको मारमा पर्नु परेको पनि स्मरण गराए ।

मुख्यमन्त्री राउतले सरकारको कामकार्वाहीलाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले तत्काल प्रदेश २ को सत्ता समिकरण परिवर्तन हुने सम्भावना नरहेको पनि बताए ।

संचार माध्याममा आएजस्तो प्रदेश २ को सत्ता समिकरण परिवर्तन हुने अवस्था नरहेको उनको तर्क थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ९ : १५ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।