अनौपचारिक सीमामा चीनले बेलुन उडायो : ताइवान « Khabarhub

अनौपचारिक सीमामा चीनले बेलुन उडायो : ताइवान


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

ताइपेई- ताइवानले ताइवान स्ट्रेटमा रहेको अनौपचारिक सीमामा चीनले बेलुन उडाएको जनाएको छ । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले ताइवान स्ट्रेट पार गर्दै गर्दा उक्त बेलुन पहिचान गरिएको थियो ।

त्यसबाहेक चीनले ८ वटा लडाकु विमान र ३ वटा नौसैनिक युद्धपोत पनि स्ट्रेटमा परिचालन गरेको मन्त्रालयले जनाएको छ । ताइवानी सुरक्षा फौजले पछिल्लो विकसित घटनाक्रमको निगरानी गरिरहेको र आवश्यक परे जवाफ दिइने मन्त्रालयलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

ताइवानमा निर्वाचन आउन लागेका बेलामा पछिल्लो समय ताइवानमाथि चीनले धम्की एवम् सैन्य उत्तेजना बढाउन थालेको बताइन्छ । ताइवानमा आगामी जनवरीमा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ८ : ११ बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,