के हो यःमरि, कसरी बनाइन्छ त ? « Khabarhub

के हो यःमरि, कसरी बनाइन्छ त ?


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ उपत्यका लगायत देशभर छरिएर रहेका नेवार समुदायले आज यःमरि पुन्हि मनाउँदै छन् । यःमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारिक रूपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पूर्णिमा पनि भनिन्छ ।

यःमरि के हो त ?
नयाँ धान कुटेर बनाएको चामलको पिठोलाई माछाको जस्तो स्वरूप बनाएर त्यस भित्र चाकु, तिल, खुवा राखेर पानीको बाफबाट यःमरि बनाइन्छ ।

यो तेल या अन्य चिल्लोपना नभएको परिकार स्वास्थ्यका हिसाबले हितकारी छ ।

यःमरि अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झैँ यःमरिलाई पनि पानीको बाफमा पकाउने गरिन्छ ।

यःमरि किन माछाको जस्तो आकार दिएर बनाइन्छ ?
यःमरिको त्रिकोणात्मक आकारले षट्कोणको अर्ध भागको रूपमा ज्ञानकी देवी सरस्वतीको प्रतिबिम्बको रूपमा लिने गरिन्छ ।

नेवार समुदायमा प्रचलित कथाअनुसारः धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडिरहेको बेलामा उनलाई सत्कार स्वरूप यःमरि खान दिइएको र त्यसपछि कुवेरले प्रसन्न भएर धनधान्यले अपार वरदान दिएको मानिन्छ ।

आजको दिन अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा यःमरि चढाउने परम्परा चली आएको हो  । 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : ०३ बजे

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र