नेपाल सुपर लिग : आज काठमाडौँ र ललितपुर भिड्दै « Khabarhub

नेपाल सुपर लिग : आज काठमाडौँ र ललितपुर भिड्दै


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलको इलिमिनेटरमा आज काठमाडौँ रेजर्स र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

यो खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित टिम पोखरा थण्डर्ससँग दोस्रो क्वालिफायर खेल्ने छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल बिहीबार हुनेछ ।

पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

लिग चरणका खेलहरू सकिएपछि शीर्ष चार टोली प्लेअफमा पुगेका छन् । जसमा पोखरा थण्डर्स १५ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको हो भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।

त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्स १२ अंकसहित तेस्रो हुँदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुँदै प्लेअफमा छनौट भएको हो । यस सिजनको फाइनल खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको