नाइजेरियामा आक्रमण : १६० जनाको मृत्यु | Khabarhub Khabarhub

नाइजेरियामा आक्रमण : १६० जनाको मृत्यु


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबुजा– मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बोक्कोस स्थित  स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरू बीच भएको झडपमा १६ जनाको मृत्यु भएको छ ।

बोक्कोस, पठार राज्यको स्थानीय सरकारका अनुसार कम्तीमा ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ  । झडपमा घाइते भएका ३०० भन्दा बढी  व्यक्तिलाई बोक्कोस, जोस लगायतका अस्पतालमा सारिएको छ। स्थानीय रेडक्रसको अस्थायी टोलीले बोक्कोस क्षेत्रका १८ गाउँमा १०४ जनाको मृत्यु भएको  उल्लेख गरेको छ । 

संसद्का सदस्य डिक्सन चोलोमका अनुसार बार्किन लाडी क्षेत्रका थुप्रै गाउँहरूमा कम्तीमा ५० जनाको मृत्यु भएको  छ । यो घटना पठारमा गत मे महिना यताकै सबैभन्दा  हिंस्रक घटना हो । सो घटनामा किसान र गोठाला बीचको झडपमा सय भन्दा बढीको मृत्यु भएको थियो । 

नियमित रूपमा हुँदै आएका सशस्त्र आक्रमणले नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा  गम्भीर सुरक्षा खतरा बढेको छ ।  

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ३ : ०७ बजे

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

काठमाडौं– कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको

मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै

बाँके– मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै छन् । पर्वको

धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका

सोटो नेपालको अध्यक्षमा शाही चयन

काठमाडौं– नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोमा कांग्रेस असन्तुष्ट

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका