नयाँ डिजिटल भुक्तानी सेवा ‘सेलपे’ नेपाली बजारमा | Khabarhub Khabarhub

नयाँ डिजिटल भुक्तानी सेवा ‘सेलपे’ नेपाली बजारमा


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजि क्षेत्रको भुक्तानी सेवा प्रदायक कम्पनी सेलकमले नयाँ डिजिटल भुक्तानी सेवा ‘सेलपे’ सञ्चालनमा ल्याएको छ ।

काठमाडौंमा एक कार्यक्रम गरी प्रविधिमा आधारित भुक्तानी सेवा ‘सेलपे’ को औपचारिक शुरुआत गरिएको हो ।

सेलपेको औपचारिक उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले प्रविधि धेरै नै महङ्गो व्यवसाय भएको र यो सुरक्षित हुनुपर्ने बताए । गभर्नर डा. नेपालले पछिल्लो समय विश्व वित्तीय प्रविधिको क्षेत्रमा तीब्र गतिमा अघि बढिरहेको भन्दै त्यसैलाई पछ्याउनुपर्नेमा जोड दिए ।

त्यस्तै, सेलकम कम्पनीका अध्यक्ष दीपक मल्होत्राले नेपालमा डिजिटलाइजेशनको मागलाई सम्बोधन गर्नका लागि सेलपे ल्याइएको र यसले वास्तविक समय अर्थात् रियल टाइममा कार्य गर्ने जानकारी दिए ।

सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले सेलपे सेवा नयाँ प्रविधिमा आधारित भएकाले यसबाट अरु मोबाइल वालेटजस्तो बैंक खाताबाट पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुने बताए ।

कार्यक्रममा सेलपेका सद्भावनादूत वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि आ–आफ्नो मन्तव्य राखेका थिए ।

मोबाइल र वेब एप्लिकेशनको माध्यमबाट कुनै वालेट नै नबनाई आफ्नै बैंक खाता प्रयोग गरी सेलपेमार्फत् रकम भुक्तानी तथा स्थानान्तरण गर्न सकिने सेलकमले जनाएको छ । सेलपेमा अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अपनाइएको कम्पनीको दाबी छ ।

सेलपेमार्फत् विभिन्न दूरसञ्चार सेवा, बिजुली खानेपानी, टेलिभिजन, इन्टरनेट, विभिन्न व्यवसायमा पैसा तिर्न सकिने र एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण तथा स्वदेशभित्रै मनि ट्रान्सफर समेत गर्न सकिने छ । त्यस्तै, यसमा वास्तविक समयमा पिटुपी, पिटुबी, पिटुजी, बिटुपी, बिटुबी, बिटुजीलगायतका सेवा समेत उपलब्ध रहेको जनाइएको छ ।

मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेलपे सेवामार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन भएकाले वालेटविना नै विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एपस्टोरमा उपलब्ध छ ।

सेलपेका सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत हुनेभएकाले यस सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने सेलकमले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ९ : ५३ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी