नयाँ डिजिटल भुक्तानी सेवा ‘सेलपे’ नेपाली बजारमा « Khabarhub

नयाँ डिजिटल भुक्तानी सेवा ‘सेलपे’ नेपाली बजारमा


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजि क्षेत्रको भुक्तानी सेवा प्रदायक कम्पनी सेलकमले नयाँ डिजिटल भुक्तानी सेवा ‘सेलपे’ सञ्चालनमा ल्याएको छ ।

काठमाडौंमा एक कार्यक्रम गरी प्रविधिमा आधारित भुक्तानी सेवा ‘सेलपे’ को औपचारिक शुरुआत गरिएको हो ।

सेलपेको औपचारिक उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले प्रविधि धेरै नै महङ्गो व्यवसाय भएको र यो सुरक्षित हुनुपर्ने बताए । गभर्नर डा. नेपालले पछिल्लो समय विश्व वित्तीय प्रविधिको क्षेत्रमा तीब्र गतिमा अघि बढिरहेको भन्दै त्यसैलाई पछ्याउनुपर्नेमा जोड दिए ।

त्यस्तै, सेलकम कम्पनीका अध्यक्ष दीपक मल्होत्राले नेपालमा डिजिटलाइजेशनको मागलाई सम्बोधन गर्नका लागि सेलपे ल्याइएको र यसले वास्तविक समय अर्थात् रियल टाइममा कार्य गर्ने जानकारी दिए ।

सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले सेलपे सेवा नयाँ प्रविधिमा आधारित भएकाले यसबाट अरु मोबाइल वालेटजस्तो बैंक खाताबाट पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुने बताए ।

कार्यक्रममा सेलपेका सद्भावनादूत वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि आ–आफ्नो मन्तव्य राखेका थिए ।

मोबाइल र वेब एप्लिकेशनको माध्यमबाट कुनै वालेट नै नबनाई आफ्नै बैंक खाता प्रयोग गरी सेलपेमार्फत् रकम भुक्तानी तथा स्थानान्तरण गर्न सकिने सेलकमले जनाएको छ । सेलपेमा अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अपनाइएको कम्पनीको दाबी छ ।

सेलपेमार्फत् विभिन्न दूरसञ्चार सेवा, बिजुली खानेपानी, टेलिभिजन, इन्टरनेट, विभिन्न व्यवसायमा पैसा तिर्न सकिने र एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण तथा स्वदेशभित्रै मनि ट्रान्सफर समेत गर्न सकिने छ । त्यस्तै, यसमा वास्तविक समयमा पिटुपी, पिटुबी, पिटुजी, बिटुपी, बिटुबी, बिटुजीलगायतका सेवा समेत उपलब्ध रहेको जनाइएको छ ।

मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेलपे सेवामार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन भएकाले वालेटविना नै विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एपस्टोरमा उपलब्ध छ ।

सेलपेका सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत हुनेभएकाले यस सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने सेलकमले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ९ : ५३ बजे

प्रेम सुवालले भक्तपुरबाट गरे मतदान

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मतदान

आजपा अध्यक्ष प्रभु साहले रौतहटमा गरे मतदान

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रतिनिधिसभा

प्रथम महिला पौडेलद्वारा मतदान

दमौली– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास

विष्णु रिमालले गरे मतदान

काठमाडौं– नेकपा एमालेका नेता विष्णु रिमालले आशामन्दिर स्कूलमा पुगेर मतदान

‘मतदान अधिकार मात्र होइन, लोकतन्त्रको आधार र नागरिकको दायित्व’

काठमाडौं– पुर्वमन्त्री गोकुल बास्कोटाले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो मतदान सम्पन्न गरेको