विद्यालय समायोजन गर्दै गाउँपालिका « Khabarhub

विद्यालय समायोजन गर्दै गाउँपालिका


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- विद्यार्थी सङ्ख्या कम भएको भन्दै हल्दिवारी गाउँपालिकाले पाँच आधारभूत विद्यालयलाई समायोजन गर्ने भएको छ भने दुई माविलाई स्तर कटौती गर्दै आधारभूतमा झार्ने निर्णय गरेको छ ।

हल्दिवारी–३ स्थित रामेश्वर आधारभूत विद्यालय, सोही वडाको जनता आधारभूत विद्यालय, वडा नं ५ स्थित शान्ति आधारभूत विद्यालय, वडा नं २ कै राष्ट्रिय एकता आधारभूत विद्यालय र धनुषा आधारभूत विद्यालयलाई हल्दिवारी माविमा समायोजन गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए ।

यस्तै हल्दिवारी–१ स्थित सरस्वती मावि र हल्दिवारी–३ मा रहेको पञ्चायत माविमा विद्यार्थी सङ्ख्या कम भएको भन्दै स्तर कटौती गरी आधारभूत (१–८)मा झार्ने निर्णय गरेको उपाध्यक्ष गिरीले बताए । हल्दिवारी मावि नमूना विद्यालय रहेको र अन्य विद्यालयमा विद्यार्थी सङ्ख्या एकदमै कम भएपछि उक्त निर्णय गरिएको उनले बताए ।

विद्यालय समायोजन गरिएसँगै विद्यार्थी बोक्न बसको व्यवस्था गरिएको छ । विद्यार्थी सङ्ख्या ज्यादै न्यून भएपछि विद्यालय समायोजन गरिएको हो । “सामुदायिक विद्यालयको हाराहारीमा अहिले निजी विद्यालय पनि खुलेका छन्”, गिरीले भने, “अबको शिक्षा प्रविधिमैत्री हुनुपर्छ, जुन विद्यालयले प्रविधि मैत्री र गुणस्तरीय शिक्षामा जोड दिन्छन् त्यस्तै विद्यालय विद्यार्थीको रोजाइमा पर्छ ।”

विद्यालय समायोजन अघि शिक्षा विकास तथा समन्वय एकाईका प्रमुखसहितको टोलीले विद्यालयको अनुगमन गरेको बताइएको छ । अनुगमनका क्रममा हल्दिवारी–३ स्थित रामेश्वर आधारभूत विद्यालयमा शिक्षक र कर्मचारीको सङ्ख्या सात जना रहे पनि विद्यार्थी सङ्ख्या १४ मात्रै रहेको गिरीले बताए ।

“विद्यालयले २३ विद्यार्थी छन् भन्यो, अनुगमन गर्दा १४ विद्यार्थी मात्रै भेटिए”, उनले भने। निजी स्रोतबाट ४२ शिक्षक राख्दै अङ्ग्रेजी माध्यमबाट पठनपाठन अनिवार्य र सबै विद्यालयमा कम्प्यूटर शिक्षाको व्यवस्था गरेको गाउँपालिकाले यस वर्ष गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई २६० कम्प्यूटर वितरण गर्ने भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १० : १० बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक