जनशक्ति नहुँदा सञ्चालनमा आएन आईसीयू | Khabarhub Khabarhub

जनशक्ति नहुँदा सञ्चालनमा आएन आईसीयू


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास– गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको पाँच शैय्याको सघन उपचार कक्ष (आईसीयू) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन । आइसीयु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ । 

जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७-७८ मा सघन उपचार कक्ष ( आईसीयू) भवनको निर्माण गरिएको थियो । भवन सञ्चालनमा नआउँदा एकातर्फ बिरामी आइसीयुको सेवा लिन पाल्पा जान बाध्य छन् भने अर्कोतर्फ निर्माण गरिएका संरचना प्रयोग नभएर धुलाम्य बनेका छन् । 

‘भवनको बजेट परेका बेला दलका नेतालाई जस लिनको भ्याइनभ्याइ भयो, तर अहिले सञ्चालनमा कसैले चासो दिएनन्’, अस्पतालमा सेवा लिन आएका धुर्कोट गाउँपालिका–५ वस्तुका महेन्द्र भण्डारीले भने, ‘छिटोभन्दा छिटो सञ्चालन गरेमा आइसीयुको सेवा लिन पाल्पा वा बुटबल जानुपर्ने बाध्यता हट्ने थियो ।’

 आईसीयूको संरचना निर्माणमा हालसम्म रु ३५ लाख ५२ हजार तीन सय ६२ र उपकरण खरिदमा रु ६६ लाख २६ हजार नौ सय २५ गरी कूल रु एक करोड एक लाख ७९ हजार दुई सय ८७ खर्च भएको छ । प्रदेश सरकारअनुसार अस्पताल विकास समिति परिवर्तन हुने हुँदा त्यसको  असर अस्पतालमा परेको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : २२ बजे

शिवम् सिमेन्टको नो कम्प्रोमाइज अन्तर्गतको चौथो भिडियो सार्वजनिक

काठमाडौं– शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन क्वालिटीको मामलामा नो

प्रतिकूल मौसमले देशभरको हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ

एभरेष्ट बैंकको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ३१औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको

देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा

बजारमा सुन किन्नेभन्दा बेच्ने बढी भए

नेपालको सुन बजार पछिल्ला दिनहरूमा निकै अस्थिर बन्दै गएको छ