शिक्षकको गुणस्तर मापन गर्नेछौँ : मन्त्री बस्नेत « Khabarhub

शिक्षकको गुणस्तर मापन गर्नेछौँ : मन्त्री बस्नेत


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाञ्चोक – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षकको गुणस्तर निष्पक्ष रुपमा मापन गरिनुपर्ने बताएका छन् ।

आज सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ ठूलो पलाँतीस्थित क्षमादेवी माध्यमिक विद्यालयको ७३औँ वार्षिकोत्सव तथा अभिभावक भेला एवं पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्ला वर्ष विद्यार्थीको शैक्षिकस्तर खस्किएको पाइएकाले शिक्षकको गुणस्तर मापन गरिने बताए ।

‘विद्यार्थीको नतिजामा लगातार बिग्रिएको विषय शिक्षण गर्ने शिक्षकलाई दण्डित र राम्रो शिक्षकलाई पुरस्कृत गर्ने बानी बसाल्नुपर्छ, त्यसैले आफ्नो गुणस्तरीयतामा पनि ध्यान दिनुहोस्’, मन्त्री बस्नेतले भने । उनले गुणस्तरहीन शिक्षकलाई के गर्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग छलफल गरिने बताए ।

उनले भने, ‘गुणस्तरहीन शिक्षकले पढाएको विद्यार्थीले नतिजा राम्रो नल्याउँदा अरुसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि समाजमा नराम्रो व्यक्ति बन्ने खतरा बढ्छ ।’

उनले नेपालको स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको पाइएको जानकारी दिए। २८ वर्षदेखि आठ सय स्वास्थ्यकर्मी राजधानी काठमाडौँ बसिरहेकाले तिनीहरुलाई दूर्गम जिल्ला पठाइएको उनको भनाई छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ९ : १९ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन