राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस कर्णालीले पठायो ९२ जनाको नाम « Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस कर्णालीले पठायो ९२ जनाको नाम


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस कर्णालीले राष्ट्रियसभा निर्वाचनका लागि ९२ जनाको नाम सिफारिस गरेको छ । तीन सिटका लागि प्रदेश कार्यसमितिले जिल्लाबाट आएका नाम जस्ताको त्यस्तै केन्द्रमा पठाएको हो ।

हुम्लाबाहेकका ९ जिल्लाले उम्मेदवारहरुको नाम सिफारिस गरेको कांग्रेस कर्णालीले जनाएको छ ।

सुर्खेतबाट मात्र पूर्व पार्टी सभापति डम्बर जिसी, पूर्वमन्त्री खड्क बस्याल, प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा आचार्यसहित २४ बढीको नाम सिफारिस भएको छ । दैलेखबाट पूर्व सभापति रविन्द्रराज श्रेष्ठ, पूर्व राष्ट्रिय सभा सदस्य रंगबहादुर शाही, पूर्वमन्त्री हिमबहादुर शाही, सुमित्रा शाहलगायतको नाम सिफारिस भएको छ ।

यस्तै जुम्लाबाट पूर्वमन्त्री दीनबन्धु श्रेष्ठ, लाल हमाललगायत छ जनाको नाम सिफारिस भएको छ । कालिकोटबाट तरुण दलका पूर्व केन्द्रीय महासचिव भूपेन्द्रजंग शाही, प्रदेश उपसभापति कालीबहादुर सहकारीलगायत नौ जनाको नाम सिफारिस गरिएको हो ।

रुकुम पश्चिमबाट प्रदेश महामन्त्री कृष्ण रोकाय, पार्टी केन्द्रीय सदस्य मानबहादुर नेपालीलगायतको नाम सिफारिस भएको छ ।

यो पनि…

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ९ : ३९ बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण