राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस कर्णालीले पठायो ९२ जनाको नाम « Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस कर्णालीले पठायो ९२ जनाको नाम


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस कर्णालीले राष्ट्रियसभा निर्वाचनका लागि ९२ जनाको नाम सिफारिस गरेको छ । तीन सिटका लागि प्रदेश कार्यसमितिले जिल्लाबाट आएका नाम जस्ताको त्यस्तै केन्द्रमा पठाएको हो ।

हुम्लाबाहेकका ९ जिल्लाले उम्मेदवारहरुको नाम सिफारिस गरेको कांग्रेस कर्णालीले जनाएको छ ।

सुर्खेतबाट मात्र पूर्व पार्टी सभापति डम्बर जिसी, पूर्वमन्त्री खड्क बस्याल, प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा आचार्यसहित २४ बढीको नाम सिफारिस भएको छ । दैलेखबाट पूर्व सभापति रविन्द्रराज श्रेष्ठ, पूर्व राष्ट्रिय सभा सदस्य रंगबहादुर शाही, पूर्वमन्त्री हिमबहादुर शाही, सुमित्रा शाहलगायतको नाम सिफारिस भएको छ ।

यस्तै जुम्लाबाट पूर्वमन्त्री दीनबन्धु श्रेष्ठ, लाल हमाललगायत छ जनाको नाम सिफारिस भएको छ । कालिकोटबाट तरुण दलका पूर्व केन्द्रीय महासचिव भूपेन्द्रजंग शाही, प्रदेश उपसभापति कालीबहादुर सहकारीलगायत नौ जनाको नाम सिफारिस गरिएको हो ।

रुकुम पश्चिमबाट प्रदेश महामन्त्री कृष्ण रोकाय, पार्टी केन्द्रीय सदस्य मानबहादुर नेपालीलगायतको नाम सिफारिस भएको छ ।

यो पनि…

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ९ : ३९ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको