दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा भारतको खराब ब्याटिङ « Khabarhub

दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा भारतको खराब ब्याटिङ


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले पहिलो टेस्ट खेलमा घरेलु टोली दक्षिण अफ्रिकासँग खराब प्रर्दशन गरेको छ । दक्षिण अफ्रिकाको सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत पहिलो दिन ५९ ओभरमा ८ विकेट गुमाउँदै २ सय ८ रन मात्र बनायो ।

वर्षाको कारण पहिलो दिन दोस्रो सेसन भने हुन सकेन । भारतका लोकेश राहुल १ सय ५ बलमा १० चौका र २ छक्कासहित ७० रनमा नट आउट छन् । उनलाई मोहम्मद शिराजले साथ दिनेछन् । भारतका विराट कोहली ६४ बलमा ५ चौकासहित ३८ र श्रेयस ऐर ३१ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका दुई तीव्र गतिका बलर कागिसो रबाडा र नान्द्रे बर्गरले भारतको शीर्ष र मध्यक्रम ब्याटिङ ध्वस्त पारे । ओपनर यशस्वी जैसवाल १७, कप्तान रोहित शर्मा ५, शुभमन गिल २ र शार्दुल ठाकुर २४ रनमा आउट भए ।

कागिसो रबाडाले १७ ओभरमा ४४ रन खर्चेर ५ विकेट लिएका छन । बर्गरले दुई र मार्को यानसनले एक विकेट लिएका छन् । भारत र दक्षिण अफ्रिकाबीच दुई टेस्ट खेलको सिरिज हुनेछ । दोस्रो टेस्ट ३ जनवरी देखी सुरु हुनेछ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ९ : ५८ बजे

एमालेमा २९ केन्द्रीय सदस्य मनोनीत, ओलीको प्रस्तावमा योगेश भट्टराईको नोट अफ डिसेन्ट

काठमाडौं– नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत

किशोरीको अधिकार र नेतृत्वलाई सुनिश्चित गरिनुपर्छ : मन्त्री चौधरी

ललितपुर– कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आदिवासी अपाङ्गता भएका

भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड रातिमा आवागमनमा रोक

चितवन– पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी

धमाधम खोलिँदै बेत्रावती जोड्ने अस्थायी ट्रयाक (तस्बिरहरू)

नुवाकोट– रसुवाको भोटेकोशीमा गत भदौ १० मा आएको बाढीले पछिल्लो २८