इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि रोमाञ्चक जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा एस्टन भिल्लालाई ३–२ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड विजयी भएको हो ।

खेलको पहिलो हाफमा २–० गोलले पछि परेको म्यानचेस्टरले दोस्रो हाफमा ३ गोल गरेको थियो ।

खेलमा पहिलो हाफको २१औँ मिनेटमामा भिल्लाका जोन म्याकगीनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि २६औँ मिनेटमा भिल्लाकै लीन्डर डेनडोंकरले एक गोल थप्दै टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

दोस्रा हाफको ५९औँ७१औँ मिनेटमा म्यानचेस्टरका अलेजान्द्रो गार्नाचोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि ८२औँ मिनेटमा रासमस होजलण्डले निर्णायक गोल गर्दै टोलीलाई ३–२ गोलको जित दिलाए ।

यो जितसँगै १९ खेलबाट ३१ अंक बनाएको म्यानचेस्टर युनाइटेड तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित भएको एस्टन भिल्ला ३९ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ७ : १२ बजे

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि