सर्वोच्चको आदेश कार्यान्वयनको माग गर्दै बार काउन्सिल अगाडि प्रदर्शन « Khabarhub

सर्वोच्चको आदेश कार्यान्वयनको माग गर्दै बार काउन्सिल अगाडि प्रदर्शन


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खुला विश्वविद्यालयबाट कानूनमा स्नातक उत्तीर्ण विद्यार्थीलाई अधिवक्ताको परीक्षामा सहभागी गराउन माग गर्दै नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) अगाडि पीडितहरूले प्रदर्शन गरेका छन् ।

पुस १३ र १४ मा हुन लागेको अधिवक्ताको लाइसेन्स सम्बन्धी परीक्षामा बार काउन्सिलले सहभागी नगराउने निर्णय गरेपछि विद्यार्थीहरू विरोधमा उत्रिएका हुन् । 

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले परीक्षामा सहभागी गराउन आदेश दिए पनि परिषदका पदाधिकारीले सर्वोच्चको आदेशलाई अवहेलना गरेको विद्यार्थीको गुनासो छ । 

नेपाल बार काउन्सिलले लिने अधिवक्ताको ३१ औं परीक्षा पुस १३ र १४ गते हुँदैछ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १२ : २५ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई