आज साउन १५ : यस्तो छ खीर खानुको सांस्कृतिक र वैज्ञानिक महत्व « Khabarhub

आज साउन १५ : यस्तो छ खीर खानुको सांस्कृतिक र वैज्ञानिक महत्व


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खीर खाने चटारोले छुन्छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ।

कृषि उपजसँग सरोकार राख्ने खीर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ। बुधबार मुलुकभर खीर भोजन गरेर साउन १५ मनाइँदै छ। साउन १५ मा खीर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि रहेको हुन्छ।

आयुर्वेद चिकित्सक डा अमितमान जोशी भन्छन्, “वर्षात्को समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ। ’’ उनका अनुसार चामल, दूध, नरिबल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खीर बनाउने हाम्रो चलन छ ।

उहाँले थप्नुभयो, “चामलमा कार्बोहाइड्रेट पाइन्छ। खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो। ” लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ । साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ। नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा सत्यमोहन जोशीले जानकारी दिएको खबर गोरखापत्र दैनिकमा छ।

उनले नेपालमा मात्रै नभएर भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको पाइएको बताए। शुद्ध, स्वास्थ्यबद्र्धक तथा खान पनि सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुआतसमेत खीर खान ख्वाएर गरिने प्रचलन छ। सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रूपमा लिइन्छ ।

पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ। आयुर्वेद अस्पताल नरदेवीका चिकित्सक डा सरिता बजगाईंका अनुसार अहिले शरीरमा पित्त सञ्चित हुने ऋतु भएकाले खीर खान उपयुक्त मानिन्छ। दूधमा शीतलपन प्रदान गर्ने मधुर गुण हुन्छ, मरिचले कफ हटाउन मद्दत गर्छ भने नरिबललाई आयुर्वेदमा निकृष्ट फल मानिए पनि यसमा शीतलता प्रदान गर्ने गुण हुन्छ।

दाख अग्निबद्र्धक भएकाले यसले पित्त नास गर्ने क्षमता राख्छ । केसरले बल प्रदान गर्छ, वर्ण चहकिलो पार्छ र पित्त नास गर्छ । चिनीमा पनि यस्तै गुण रहेकाले यो ऋतुमा खीर भोजन गर्नु लाभप्रद हुन्छ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ५७ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।