सेयर बजारमा १७ अंकको गिरावट « Khabarhub

सेयर बजारमा १७ अंकको गिरावट


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको हो ।

 आज तीन सय सात कम्पनीको एक करोड ४३ लाख ३७ हजार सात सय ३८ कित्ता शेयर एक लाख १७ हजार चार सय ७६ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २४ करोड ८७ लाख ८२ हजार छ सय ११ बराबरको कारोबार भएको छ ।

म्युचुअल फन्ड समूह शून्य दशमलव ५३ र निर्जीवन बीमा समूह एक दशमलव १६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचकमा दुई दशमलव ३२ प्रतिशतको गिरावट देखिएको छ ।

चारवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र चिर्खवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू १९ करोड ६६ लाख ६४ हजार सात सय ९३ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख सात हजार सात सय ७५ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ३ : ३१ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम