निकेल प्रशोधन प्लान्टको अवस्थाविरुद्ध इन्डोनेसियाका मजदुरले गरे प्रदर्शन | Khabarhub Khabarhub

निकेल प्रशोधन प्लान्टको अवस्थाविरुद्ध इन्डोनेसियाका मजदुरले गरे प्रदर्शन


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जाकर्ता सयौँ इन्डोनेसियाली मजदुरले बुधबार चिनियाँ लगानीको निकेल प्रशोधन प्लान्टको अवस्थाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उक्त प्लान्टमा सप्ताहान्तमा भएको विस्फोटमा परी कम्तीमा १८ को मृत्यु र दर्जनौँ घाइते भएका थिए । 

सुलावेसी टापुको मोरोवाली औद्योगिक पार्कमा रहेको पिटी इन्डोनेसिया सिङसान स्टेनलेस स्टिल (आइटिएसएस) को स्वामित्वमा रहेको प्लान्टमा मजदुरले भट्टी मर्मत गर्ने क्रममा शनिबार बिहान दुर्घटना भएको थियो । 

सुलावेसी खनिजले सम्पन्न मुलुकको निकेल उत्पादनको केन्द्र हो । निकेल विद्युतीय सवारीको बेट्री र स्टेनलेस स्टिलमा प्रयोग गरिने धातु हो । यस क्षेत्रमा चीनको बढ्दो लगानीले तलब र कामको अवस्थालाई लिएर अशान्ति निम्त्याएको छ । 

एएफपीले प्राप्त गरेको तस्बिरहरूमा सयौँ मजदुर परिसरबाहिर विरोध प्रदर्शनमा भाग लिइरहेको देखिएको छ । मजदुरको प्रतिनिधित्व गर्ने युनियनले प्रहरीलाई पठाएको पत्रअनुसार प्रदर्शनकारीले व्यवस्थापनसमक्ष २३ वटा मागको सूची दिएका छन् ।

मागमा धातु पगाल्ने संयन्त्रलाई राम्रो अवस्थामा राख्नुपर्ने, आपतकालीन स्थितिको सामना गर्न स्वास्थ्य क्लिनिकको सुधार गर्नुपर्ने र चिनियाँ मजदुरलाई इन्डोनेसियाली भाषा सिक्नका लागि बाध्य बनाउनुपर्ने रहेका छन् । 

प्रहरीका अनुसार विस्फोटपछि घाइते भएका ३० जनाको अस्पतालमा उपचार भइरहेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मृतकमध्ये आठ चिनियाँ पनि रहेको जानकारी दिए। उनले उक्त दुर्घटनाबाट बेइजिङ ‘अत्यन्त दुःखी’ रहेको बताए । 

उनले दैनिक प्रेस ब्रिफिङमा भने,’चीनले सधैँ चिनियाँ लगानीको विदेशी परियोजनाहरूमा सुरक्षित उत्पादनलाई उच्च महत्त्व दिएको छ ।’ विश्वको सबैभन्दा ठूलो निकेल उत्पादक तथा चीनको सबैभन्दा ठूलो स्टेनलेस  स्टिल निर्माता सिङसान होल्डिङ ग्रुपसँग आइटिएसएसमा ठूलो हिस्सा रहेको छ । 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ५ : ३७ बजे

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन् : सीईओ जोशी

काठमाडौं– नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले

प्रस्ताव नै नमागी ३६१ करोड कर्जा प्रवाह, ब्याज र हर्जनाको हिसाबै छैन

काठमाडौँ – दशक लामो सशस्त्र सङ्घर्ष त्यागेर मूलधारको राजनीतिमा प्रवेश

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन विधेयकको मस्यौदामा परामर्श माग

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य

विपद् व्यवस्थापनसम्बन्धी उपकरणको संयुक्त डेमो प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगर प्रहरी बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल

जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं– काठमाडौंबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी