गठबन्धन सरकारले सोचे अनुरूप काम गरेन : मिन विश्वकर्मा  « Khabarhub

गठबन्धन सरकारले सोचे अनुरूप काम गरेन : मिन विश्वकर्मा 


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस सूचना तथा प्रचार प्रसार विभाग प्रमुख मिन विश्वकर्माले गठबन्धनको सरकारले सोचे अनुरूप सफलता हात पार्न नसकेको बताएका छन ।

आज भक्तपुरमा आयोजित कार्यक्रममा नेता विश्वकर्माले विगतका सरकारले भन्दा गठबन्धनको सरकारले केही काम गरेता पनि सोच अनुरूप काम गर्न नसकेको बताएका हुन ।

लुम्बिनीमा बनेका उद्योग मन्त्रीका विषयमा जनताले प्रदेशसभा सदस्य जिताएर पठाउँदासम्म कसैले केही नभनेको र मन्त्री बन्नासाथ अनावश्यक आरोप लगाएको उनको भनाई छ ।

कुनै तथ्य आधार नभएको अवस्थामा अनावश्यक मिडियाबाजि गरी चरीत्र हत्या गर्न नहुने तर्क गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक वर्षे पूर्णपाठले मन्त्री फेरबदल गरेर भए पनि आफ्नो कार्यकाल सफल बनाउँछु भन्नू सकारात्मक सन्देश रहेको र सोचे अनुरूप काम हुन नसकेको आफैले बताएको बेला धेरै टीकाटिप्पणी गर्नु नहुने उनको भनाई छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ४४ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।