सुपर लिग : फाइनल पुग्न पोखरा र ललितपुर खेल्ने | Khabarhub Khabarhub

सुपर लिग : फाइनल पुग्न पोखरा र ललितपुर खेल्ने


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै पहिलो पटक फाइनल प्रवेश गर्ने योजनामा छन् ।

पोखरा पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भएको थियो भने ललितपुरले इलिमिनेटरमा काठमाडौँलाई हराउँदै फाइनल प्रवेशको सम्भावना सुरक्षित बनाएको थियो ।

यो खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्नेछ । फाइनल खेल आगामी शनिबार हुनेछ ।

एनएसएलको यो संस्करणको विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने आयोजक नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ ।

गत संस्करणमा विजेता बनेको काठमाडौँले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ६ : ३६ बजे

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका

देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण

रवि भेटेपछि प्रचण्डले भने- अलिक दुब्लाउनु भएछ, अनुहार राम्रै देखेँ

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी