इंग्लिस प्रिमियर लिग : चेल्सीले हरायो क्रिस्टल प्यालेसलाई « Khabarhub

इंग्लिस प्रिमियर लिग : चेल्सीले हरायो क्रिस्टल प्यालेसलाई


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित गरेको हो ।

चेल्सीलाई खेलको ८९औँ मिनेटमा नोनी माडुएकेले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै जित दिलाएका थिए ।

यसअघि चेल्सीका लागि खेलको १३औँ मिनेटमा मिखाइलो मुड्रिकले सुरुवाती गोल गरेका थिए । यस्तै, खेलको ४५औँ मिनेटमा क्रिस्टल प्यालेसका लागि माइकल ओलिसेले गोल फर्काउँदै बराबरी गरेका थिए । तर अन्तिममा माडुएकेको गोलसँगै चेल्सी २–१ गोलले विजयी भयो ।

यो जितसँगै चेल्सी १९ खेलबाट २५ अंक जोडेर १०औँ स्थानमा रहेको छ । जारी सिजनमा चेल्सीको यो सातौँ जित हो । पराजित भएको क्रिस्टल प्यालेस १८ अंकसहित १५औँ स्थानमा छ ।

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ८ : २८ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको