बिमस्टेकको भावी कार्यदिशा निर्धारण नेपालका लागि महत्वपूर्ण अवसर : परराष्ट्रमन्त्री  « Khabarhub

बिमस्टेकको भावी कार्यदिशा निर्धारण नेपालका लागि महत्वपूर्ण अवसर : परराष्ट्रमन्त्री 


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले बिमस्टेकको भावी कार्यदिशा तथा प्राथमिकताहरू निर्धारण गर्ने कार्य नेपालका लागि महत्वपूर्ण अवसर रहेको बताएका छन् । 

बिहीबार नीति अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित बिमस्टेकको भावी कार्यदिशा विषयक संवाद कार्यक्रममा उनले उनले यस्तो बताएका हुन् ।

यसैबीच नेपाल सदस्य रहेको संगठनलाई कस्तो बनाउने र उक्त संगठनबाट कसरी अधिकतम लाभ लिन सकिन्छ भन्ने विषयमा छलफल विमर्श तथा गृहकार्य हुनु जरुरी रहेको बताए ।

बिमस्टेकलाई थप सुदृढ एवम् संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्र अन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा बिमस्टेक प्रकृयाले लिनुपर्ने कार्यदिशाका सम्बन्धमा सुझाव दिन बिमस्टेक इपीजी गठन भएकोसमेत जानकारी दिए । 

उनले नेपाल भूपरिवेष्ठित मुलुक भएकै कारण  वैदेशिक व्यापार  चुनौतिपूर्ण रहेको भन्दै चुनौतीहरूको सामना गर्न क्षेत्रीय संगठन भित्रको अर्थपूर्ण आवद्धताले सहयोग पुग्ने बताए।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  २ : २६ बजे

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा