बेचिने जोखिममा परेका ८८ चेलीलाई समुदायमा पुनःस्थापित | Khabarhub Khabarhub

बेचिने जोखिममा परेका ८८ चेलीलाई समुदायमा पुनःस्थापित


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- मानव बेचविखनविरुद्व काम गर्दै आएको संस्था केआइएन नेपालले आर्थिक वर्ष २०७५/७६ मा विभिन्न बहानामा बेचिन सकिने जोखिममा परेका जिल्लाका ८८ महिलालाई उद्धार गरी समुदायमा पुनःस्थापित गराएको छ ।

विभिन्न १० सीमानाका र भारतबाट उद्वार गरेकामध्ये चितवनमा ल्याइएका ८८ जनालाई समुदायमा पुनःस्थापित गराएको केआइएन नेपाल चितवनकी संयोजक केमिका घिमिरेले मङ्गलबार मानव बेचविखनविरुद्व अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेकी हुन् । ८८ मध्ये ६८ लाई परिवारसँग र बाँकी २१ लाई सीपमूलक तालीम दिइएको पनि घिमिरेले बताइन । गरीब र विपन्न भएका कारण धैरै चेली बाध्यतामा परेर बेचिन पुगेको उनको भनाई छ ।

संस्थाले विसं २०६४ देखि मानब बेचविखन तथा ओसारपसारविरुद्ध देशका १५ जिल्लामा काम गर्दै आएको छ । यस अवधिमा संस्थाले विभिन्न चुनौतीका बावजुद सयौं चेलीहरु उद्धार गर्दै आएको जनाएको छ ।

चेलीहरु घरमा जानकारी नदिई विवाहको बहाना, भारतमा आफन्तलाई भेट्न जाने, जागिर खान जानेजस्ता विभिन्न कारण देखाई जाने गरेको संयोजक घिमिरेले बताइन । केआइएन चितवनले विभिन्न सचेतनामूलक कार्यक्रमसँगै चेलीहरूलाई समुदायमा घुलमिलसँगै सीपमूलक तालीम गराउँदै आएको छ ।

मानव बेचविखनविरुद्व जिल्लामा आश्रित चेलीलाई विगतमा आफूले भोगेको पीडालाई भुलेर सचेतनासँगै आत्मनिर्भर अभियानमा लाग्न जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले सुझाव दिनुभयो । विभिन्न हिंसामा परेपछि चेलीहरु बेचिने जोखिममा परेको भन्दै चितवनमा यस्ता कार्य गर्नेलाई कडाइ गर्ने अभियान सञ्चालन गरिरहेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

उनले दिवसकै अवसरमा केआइएनमा आश्रित २१ चेलीलाई एक दिनको सामूहिक भोजनसमेत गराएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : २८ बजे

निर्वाचन एकमात्र विकल्प हो : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा

गृहमन्त्री अर्यालले गरे आइजीपी खापुङको बिदाइ

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक

भीम रावलले भने- आफ्नै नेतालाई निकाल्ने ओलीले घर फर्क भन्नु फटाहा कुरा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका मातृभूमि जागरण अभियानका संयोजक

माधव नेपाल भन्छन्- हाम्रो एकता देखेर केपी ओलीले होस गुमाइसके

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरूको एकता देखेर

‘एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसहरू’

एजेन्सी– हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसहरूका लागि कृत्रिम