बेचिने जोखिममा परेका ८८ चेलीलाई समुदायमा पुनःस्थापित « Khabarhub

बेचिने जोखिममा परेका ८८ चेलीलाई समुदायमा पुनःस्थापित


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- मानव बेचविखनविरुद्व काम गर्दै आएको संस्था केआइएन नेपालले आर्थिक वर्ष २०७५/७६ मा विभिन्न बहानामा बेचिन सकिने जोखिममा परेका जिल्लाका ८८ महिलालाई उद्धार गरी समुदायमा पुनःस्थापित गराएको छ ।

विभिन्न १० सीमानाका र भारतबाट उद्वार गरेकामध्ये चितवनमा ल्याइएका ८८ जनालाई समुदायमा पुनःस्थापित गराएको केआइएन नेपाल चितवनकी संयोजक केमिका घिमिरेले मङ्गलबार मानव बेचविखनविरुद्व अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेकी हुन् । ८८ मध्ये ६८ लाई परिवारसँग र बाँकी २१ लाई सीपमूलक तालीम दिइएको पनि घिमिरेले बताइन । गरीब र विपन्न भएका कारण धैरै चेली बाध्यतामा परेर बेचिन पुगेको उनको भनाई छ ।

संस्थाले विसं २०६४ देखि मानब बेचविखन तथा ओसारपसारविरुद्ध देशका १५ जिल्लामा काम गर्दै आएको छ । यस अवधिमा संस्थाले विभिन्न चुनौतीका बावजुद सयौं चेलीहरु उद्धार गर्दै आएको जनाएको छ ।

चेलीहरु घरमा जानकारी नदिई विवाहको बहाना, भारतमा आफन्तलाई भेट्न जाने, जागिर खान जानेजस्ता विभिन्न कारण देखाई जाने गरेको संयोजक घिमिरेले बताइन । केआइएन चितवनले विभिन्न सचेतनामूलक कार्यक्रमसँगै चेलीहरूलाई समुदायमा घुलमिलसँगै सीपमूलक तालीम गराउँदै आएको छ ।

मानव बेचविखनविरुद्व जिल्लामा आश्रित चेलीलाई विगतमा आफूले भोगेको पीडालाई भुलेर सचेतनासँगै आत्मनिर्भर अभियानमा लाग्न जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले सुझाव दिनुभयो । विभिन्न हिंसामा परेपछि चेलीहरु बेचिने जोखिममा परेको भन्दै चितवनमा यस्ता कार्य गर्नेलाई कडाइ गर्ने अभियान सञ्चालन गरिरहेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

उनले दिवसकै अवसरमा केआइएनमा आश्रित २१ चेलीलाई एक दिनको सामूहिक भोजनसमेत गराएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : २८ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज