आहा ! रारा पोखरा गोल्डकप माघ ९ देखि हुने « Khabarhub

आहा ! रारा पोखरा गोल्डकप माघ ९ देखि हुने


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

कास्की – आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ ।

आयोजक सहारा क्लब पोखराले आज प्रेस विज्ञप्ती जारी गर्दै आहा राराको २३औं संस्करण  माघ ९ गते देखि २० गतेसम्म सञ्चालन गर्न अखिल नेपाल फुटबल सङ्घ(एन्फा) बाट अनुमति प्राप्त भएको जनाएको हो ।

पोखरा रङ्गशालामा हुने आहा रारामा विदेशी टिमहरू, ए डिभिजनका क्लबहरू, मोफसलका टिमहरू र आयोजक सहारा क्लब पोखराको टिम सहभागिता रहने बताइएको छ ।

अघिल्लो पटकको प्रतियोगितामा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई‌ हराउँदै ए डिभिजन टोली सङ्कटा क्लबले आहा ! राराको उपाधि जितेको थियो ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ७ : ०२ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र