चलचित्र ‘उपहार’ को दोस्रो गीत सार्वजनिक « Khabarhub

चलचित्र ‘उपहार’ को दोस्रो गीत सार्वजनिक


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फाल्गुन २५ बाट प्रदर्शनमा आउने अभिनेत्री रेखा थापाको चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ।

 सार्वजनिक गीतमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिशा हमाल, शिशिर राणा, निर्मल शर्मा, कुमार पौड्याल, राजाराम पौड्याल, किरण केसी र रामचन्द्र अधिकारिले ठुमका लगाएका छन्। डान्सिङ नम्बर गीतमा कविराज गहतराजको कोरीयोग्राफ रहेको छ। 

‘मुटुको चार आना’ बोलको गीतमा गायिका समीक्षा अधिकारी र महेन्द्र बिकको स्वर सुन्न सकिन्छ। ठूलो ब्यानरको सिनेमाका लागि गीत गाउन पाउँदा आफू निकै हर्षित भएको समीक्षाले बताएकी छन्। उनी भन्छिन्, ‘रेखा थापाको लागि स्वर भर्न पाउछु भनेर सोचेको पनि थिइन । तर, जीवनमा नसोचेकै कुरा हुँदो रहेछ।’

गायक महेन्द्र पनि आफ्नो करिअरको सुरुवातमै ठूलो ब्यानरको सिनेमाको लागि गीत गाउँदा मख्ख छन्। महेन्द्र नेपाल आइडल, दि भ्वाइस अफ नेपाल, भ्वाइस अफ युनिभर्स जस्ता रियालिटी शो मा सहभागी भएर आफूलाई अगाडि बढाइरहेका छन्। गीतमा मुक्त उदासको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ। 

ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरि, समर्पण जंग कार्की लगायतका कलाकारको अभिनय रहेको छ। विष्णु कल्पितले छायांकन गरेको सिनेमालाई मित्र डी गुरुङले सम्पादन गरिरहेका छन् । सुलक्षण भारतीको कथा रहेको सिनेमामा  सुलक्षणसंगै अभिमन्यु नीरवी, माधव शर्माले स्क्रीनप्ले र डायलग लेखेका हुन्।  

जे होस्, रेखा फिल्म्स र कपनगढी फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमामा सुलभ प्रतीकसमीक्षा देउजा निर्माताको रुपमा छन् भने बलराम शाही ठकुरी सिनेमाको कार्यकारी निर्माता हुन्। सिनेमामा अनुपम गौतमको भीएफएक्स रहेको छ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ७ : ३० बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो