वडास्तरमा योजना सम्झौता « Khabarhub

वडास्तरमा योजना सम्झौता


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ । नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलोपटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो ।              

भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै अभियान नै सञ्चालन गरेर नगरपालिकाको सेवा वडास्तरबाट सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाइँले जानकारी दिए । अभियानमार्फत १४ वटामध्ये भौगोलिक रुपमा अति नै विकट रहेका नौवटा वडामा अभियान सञ्चालन गरेर सेवा प्रवाह गरेको उनको भनाइ छ । 

अभियानमार्फत वडास्तरीय तथा पालिकास्तरीय योजना सम्झौता, प्रभावकारी रुपमा योजना सञ्चालनसम्बन्धी अभिमुखीकरणसँगै बैङ्कसम्बन्धी सेवासमेत प्रदान गरिएको प्रशासकीय अधिकृत चापागाइँले बताए । 

‘अभियानमार्फत भौगोलिक रुपमा विकट रहेका स्थानका वडा–वडाबाट योजना सम्झौता गरेका छौँ,’ उनले भने, ‘योजना सम्झौता गर्न आउँदा, जाँदा बढी समयसँगै खर्च हुने भएकाले अभियान सञ्चालन गरेर सेवा प्रवाह गरेका हौँ । अभिमुखीकरण कार्यक्रम गरिएको हुनाले योजनाको गुणस्तरीयतासमेत बढ्छ भन्ने अपेक्षा लिएका छौँ ।’

नगरपालिकाबाट सञ्चालन हुने योजनालाई आगामी वैशाख महिनाभित्र नै सक्ने लक्ष्यका साथ काम अघि बढाएको प्रशासकीय अधिकृत चापागाईंले बताए । त्यसका लागि नगरपालिकाले अनुगमनसँगै कार्यान्वयको पाटोलाई कडाइका साथ अघि बढाउने उनको भनाइ छ । ‘योजनाको कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ,’ उनले भने, ‘हामीले सम्झौताका क्रममा नै यो विषयमा उपभोक्ता समितिलाई सजग गराएका छौँ ।’

नगरपालिकाको सेवा वडाबाट सञ्चालन हुँदा स्थानीयलाई सहज भएको वडा नं १० का अध्यक्ष पेमदोर्ची शेर्पाले बताए । उपभोक्ता समितिलाई योजनाको सम्झौता तथा अन्य कामका लागि नगरपालिका केन्द्र दिङ्ला पुग्न समस्या हुने गरेको अवस्थामा अभियानमार्फत गरिएको कामले प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ । 

भौगोलिक विकटताका कारण नगरपालिका केन्द्र दिङ्लासम्म आउनुपर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट सेवा प्रदान गरिएको नगर प्रमुख सुरेन्द्रकुमार उदासले बताए । स्थानीयलाई सहज सेवा प्रदान गर्न अभियान सञ्चालन गरिएको उनको भनाइ छ । भावी दिनमा समेत नगरको सेवालाई थप सहज बनाउने लक्ष्य रहेको प्रमुख उदासले बताए। 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ९ : ३८ बजे

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ