रारा तालमा फोहरको समस्या बढ्दो « Khabarhub

रारा तालमा फोहरको समस्या बढ्दो


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

मुगु- रारा तालमा पर्यटकको सङ्ख्या बढ्न थालेपछि फोहरको समस्या बढ्न थालेको छ । विशेष गरी मुर्माटप र मिली चौरमा बढी फोहर देखिने गरेको छ ।फोहरमैलाको उचित व्यवस्थापनको भरपर्दाे माध्यम नहुँदा बिस्कुट, चाउचाउ, पानी र बियरका बोतल, चक्लेटलगायतका प्लाष्टिक र कागज थुप्रिन थालेका छन् ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका प्रमुख राजु घिमिरेका अनुसार रारा आउने सबै पर्यटकबाट प्रवेश शुल्कबापत रु एक सय लिने गरिएको छ । “निकुञ्ज क्षेत्रभित्र कुनै प्रकारको फोहर नगर्न भन्छौँ तर पनि फोहोर भइरहेको छ”, उनले भने ।

रारा ताल आसपास जम्मा फोहर रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका कर्मचारीले सङ्कलन गरी व्यवस्थापन गर्दै आएको रारा राष्ट्रिय निकुञ्जका मुख्य संरक्षण अधिकृत घिमिरेले बताए । निकुञ्ज कार्यालयका अनुसार प्रत्येक महिनाको दोस्रो शुक्रबार निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र कर्मचारी मिलेर फोहर सङ्कलन र व्यवस्थापन भइरहेको छ ।

केही वर्ष अगाडि नेपाल टेलिकमको सहयोग तथा छायाँनाथ रारा नगरपालिकाको पहलमा रारा राष्ट्रिय निकुञ्जका मिलिलगायत विभिन्न ठाउँमा डस्टबिनको व्यवस्था गरिएको थियो । रारा ताल अवलोकनका लागि चालु आवको मङ्सिर मसान्तसम्म छ हजार ७५ आन्तरिक पर्यटक, सार्क मुलुकका २६ जना र अन्य विदेशी ९९ सय जना गरी छ हजार दुई सय पर्यटक आएका छन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ४ : ५५ बजे

शेखरको प्रश्न : लुटिएका हतियार, भागेका कैदी बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी

सुदूरपश्चिममा भुवा पर्वको रौनक : आज प्रदेशभर सार्वजनिक बिदा

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा

टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै (तस्बिरहरू)

काठमाडौं– टुकुचा खोलाको पानी पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी