तस्बिर र भिडियोग्राफीबारे ‘मोमेन्टोग्राफी’ कार्यशाला सुरु | Khabarhub Khabarhub

तस्बिर र भिडियोग्राफीबारे ‘मोमेन्टोग्राफी’ कार्यशाला सुरु


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तस्बिर तथा श्रव्यदृश्यमा रुचि हुनेहरुका लागि लक्षित गरी  ‘मोमेन्टोग्राफी’ कार्यशाला आजदेखि सुरु भएको छ । ओभासु फिल्मद्वारा आयोजित १० दिने कार्यशालामा यस विधामा क्रियाशील १५ सञ्चारकर्मी सहभागी छन् । कार्यशाला यही पुस २२ गतेसम्म सञ्चालन हुनेछ । कार्यशालामा सहभागीलाई फिल्म निर्माणको कला र विज्ञानबारे अध्ययन गराइने आयोजकले जनाएको छ ।

आफ्नो कौशललाई तिखार्न यस कार्यशालाले सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, पछिल्ला समयमा आएका प्राविधिक परिवर्तन र यसको प्रयोगबारे कार्यशालामा गहन छलफल हुने छ । फिल्म निर्माता तथा फोटोग्राफरलाई क्यामेराका माध्यमबाट दृश्यलाई कसरी यथार्थ कलामा प्रस्तुत गर्ने, कथा कथनको आधारभूत कुराबाट जटिलतासम्म कसरी पुग्ने र यसमा प्राविधिक स्रोत साधनको उच्चतम प्रयोग कसरी गर्ने भन्ने विषयमा कार्यशालामा अध्यापन हुने छ ।

यस १० दिने कार्यशालामा क्यामेराका काम, प्रकाश तथा यिनीहरुको सही संयोजन गर्ने तौरतरिकाका बारेमा जानकारी दिइनाका साथै लेन्सका माध्यमबाट वास्तविक घटना तथा कथालाई दृश्यमा उतार्न प्राविधिक पक्ष तथा त्यसका लागि चाहिने कौशलका बारेमा सहभागीले ज्ञान हासिल गर्नेछन् । कार्यशालामा स्थलगत दृश्य छायाँकनदेखि सम्पादनका विषय पनि समेटिने आयोजकले जनाएको छ ।

थाइल्याण्डका प्रसिद्ध सिनेमाटोग्राफर तथा विशेषज्ञ डोर्न रतननाथत्सानी मुख्य प्रशिक्षक रहने यस कार्यशालामा नेपालका वरिष्ठ फोटो पत्रकार मिनरत्न बज्राचार्य, विष्णु कल्पितलगायतले प्रशिक्षण दिनेछन् । कार्यशालाका संयोजक ओभासु शाक्यले तस्बिर तथा भिडियोग्राफी क्षेत्रमा क्रियाशील तथा यस विधामा रुचि भएका व्यक्तिलाई कला र प्रविधिको संयोजनबारे ज्ञान दिलाउन कार्यक्रमको आयोजना गरिएकोे जानकारी दिए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : २५ बजे

सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमित स्रोत र साधनको

यी चार पात्र, जसले गुमाए आफ्नै विवादका कारण मुखमा आइसकेको मन्त्री पद

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री नियुक्तिका लागि सिफारिस

विद्यालयमा सूचना प्रविधि र पूर्वाधार निर्माण हुने

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हिमाली र पहाडी

हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

म्याग्दी– म्याग्दीमा २० वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई

प्रचण्डले भने- निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्छ

गोरखा– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल