इपीएसको विषयमा प्रदर्शन रोक्न सरकारको आग्रह « Khabarhub

इपीएसको विषयमा प्रदर्शन रोक्न सरकारको आग्रह


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएसको विषयलाई लिएर भइरहेका गतिविधि बन्द गर्न आग्रह गरेको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले पानीजहाज निर्माण (सीप बिल्डिङ) क्षेत्रमा आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रमा पनि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको बताएको छ ।

मन्त्रालयले हाल एक वर्ष अवधिमा एकभन्दा बढी क्षेत्रमा कोरिया जान आवेदन दिन नसकिने व्यवस्था कोरियाले नै गरेको भन्दै त्यसै कारण यसअघि सीपबिल्डिङ क्षेत्रमा जान आवेदन दिएर परीक्षा दिएकालाई हाल सामेल गर्न नसकिएको जनाएको छ ।

ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुई जनाको मृत्यु भएको छ ।

घटनाको छानविन गर्न सरकारले डीआइजी लालमणि आचार्य संयोजकत्वमा  तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

याे पनि-

बालकुमारी प्रदर्शन : मृतकको सङ्ख्या २ पुग्यो

बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जनाको मृत्यु

ईपीएसका विद्यार्थीले जलाए मन्त्री ज्वालाको गाडी

बालकुमारी घटनाको छानविन गर्न डीआइजीको नेतृत्वको समिति गठन

ईपीएसका विद्यार्थीको प्रदर्शनका कारण बालकुमारी तनावग्रस्त (तस्बिरहरु)

कोरियाले लागु गरेको नियम आप्रवासी कामदार जाने १६ वटै मुलुकलाई लाग्ने गरेको भन्दै मन्त्रालयले तर पनि सीप बिल्डिङ क्षेत्रमा जान आवेदन दिएर परीक्षा दिएकालाई अब उत्पादनमूलक क्षेत्रमा आवेदन दिन सकिने व्यवस्थाका लागि तयारी भइरहेको बताएको छ ।

यस विषयमा भइरहेको आन्दोलनका क्रममा शुक्रवार दुखद घटना भएको भन्दै मन्त्रालयले समवेदना पनि प्रकट गरेको छ ।

हेर्नुहोस् श्रम मन्त्रालयको विज्ञप्ति-

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : २४ बजे

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार