सौराहामा हात्तीलाई वनभोज « Khabarhub

सौराहामा हात्तीलाई वनभोज


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार हात्तीलाई वनभोज खुवाइएको छ । चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो ।

हात्तीलाई उखु, गाँजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष तथा महोत्सव संयोजक ओम पाण्डेले जानकारी दिए ।

उनले हात्तीलाई झण्डै पन्ध्र प्रकारका खानेकुरा खुवाइएको बताए । एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका व्यवस्थापक विनोद तिमिल्सिनाले बताए ।

‘जसरी हामी वनभोज खान जाँदा रमाउँछौँ, त्यसरी नै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन्’, उनले भने, ‘राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो ।’

उनले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताए । धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा महोत्सवको रौनकता बढेको र पर्यटकले रमाउँदै दृश्यावलोकन गरेको उनले बताए । मानिस र जनावरबीचको सम्बन्ध राम्रो बनाउन वनभोज महत्वपूर्ण रहेको तिमिल्सिनाको भनाइ छ ।

पर्यटकको आकर्षणका लागि सन् २०१४ देखि हात्तीको वनभोज कार्यक्रम सञ्चालनमा छ । वनभोजमा हात्तीलाई खुवाउन दर्शकको भीड लागेको थियो ।

महोत्सव हेर्न आएका पर्यटकले वनभोज निकै आकर्षक मानेर हेरेका थिए । सौराहामा यस वर्ष हात्ती दौड र हात्तीका छावाबीच फुटबल आयोजना गरिएको छैन । हात्ती सुन्दरी  र डुङ्गा दौड प्रतियोगिता सम्पन्न भइसकेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ८ : ४८ बजे

रौतहट जिल्ला अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

रौतहट- रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंह ५०

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रै

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा

कांग्रेसको प्रदेश सम्मेलन तालिका सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसले देशभर प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने तालिका सार्वजनिक