बालकुमारी घटनाको औपचारिक निर्णय लिन मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु  « Khabarhub

बालकुमारी घटनाको औपचारिक निर्णय लिन मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु 


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको बालकुमारी घटनाको औपचारिक निर्णय लिन बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ। 

 बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले खबरहबलाई बताएका छन् ।

शुक्रबार दुई जनाको मृत्यु हुने गरी भएको घटनामा दोषी देखिएको भन्दै सरकारले ईपीएस कोरिया शाखाका हाकिम, फिल्डमा खटिएका प्रहरीका डिएसपी र मन्त्री प्रकाश ज्वालाका अंगरक्षकप्रहरी लाई निलम्बन गर्ने तयारी गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग शनिबार बिहान ब्रिफिङ लिएका थिए । 

त्यसपछि दिउँसो आकस्मिक बैठक बोलाइएको थियो । कोरिया भाषा परीक्षामा रोक लगाएर युवाहरूलाई उत्तेजित र आक्रोशित बनाएको, उनीहरूलाई परीक्षा दिनबाट वञ्चित गरेको र त्यसैको आक्रोशका रूपमा युवाहरूले शुक्रबार प्रदर्शन गरेको भन्दै सरकारले इपीएस शाखाका हाकिमलाई निलम्बन गर्न लागेको छ । 

ईपीएस शाखामा महानिर्देशक डण्डुराज घिमिरे छन् भने निर्देशक गुरुदत्त सुवेदी छन् । बालकुमारी घटनामा निर्देशक सुवेदी दोषी देखिएको भन्दै सरकारले उनलाई निलम्बन गर्न लागेको स्रोतले खबरहबलाई बताएको छ। शुक्रबारको बालकुमारीमा ललितपुरका डीएसपी उमेश लम्सालको नेतृत्वमा १२५ जना प्रहरी खटिएका थिए ।

त्यसै गरी बालकुमारीमा प्रहरीको काण्डमा खटिएका डिएसपी पनि दोषी देखिएकाले उनलाई निलम्बन गर्न लागिएको स्रोतको भनाइ छ । बैठकले प्रहरी नायब उपरीक्षक डिएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक सई बोधराज दनुवारलाई निलम्बन गर्ने समेत तयारी गरेको छ ।

यसैबीच सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने सिफारिस समेत गरेको छ ।  यसको निर्णय समेत मन्त्रपरिषद् बैठकबाट हुने छ ।

यसैबीच ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा जिम्मेवारी दिने सरकारको तयारी छ । 

प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितलाई गृहमन्त्रालयमा पठाउँने पनि अनौपचारिक निर्णय छ । अहिलेको बैठकले औपचारिक निर्णय लिने छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  २ : ४९ बजे

सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी

रौतहट– सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको

डा. पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन

काठमाडौं–  गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको

जेन-जीको आन्दोलनका क्रममा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली– गत भदौ २४ गते सिन्धुलीमा जेन-जीको आन्दोलनका क्रममा सरकारी

हर्कले भने- बहुमत पाएर देश चलाएँ भने कायापलट गर्छु, नत्र शरणार्थी बन्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डको आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी