बालकुमारी घटनाको औपचारिक निर्णय लिन मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु  « Khabarhub

बालकुमारी घटनाको औपचारिक निर्णय लिन मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु 


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको बालकुमारी घटनाको औपचारिक निर्णय लिन बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ। 

 बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले खबरहबलाई बताएका छन् ।

शुक्रबार दुई जनाको मृत्यु हुने गरी भएको घटनामा दोषी देखिएको भन्दै सरकारले ईपीएस कोरिया शाखाका हाकिम, फिल्डमा खटिएका प्रहरीका डिएसपी र मन्त्री प्रकाश ज्वालाका अंगरक्षकप्रहरी लाई निलम्बन गर्ने तयारी गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग शनिबार बिहान ब्रिफिङ लिएका थिए । 

त्यसपछि दिउँसो आकस्मिक बैठक बोलाइएको थियो । कोरिया भाषा परीक्षामा रोक लगाएर युवाहरूलाई उत्तेजित र आक्रोशित बनाएको, उनीहरूलाई परीक्षा दिनबाट वञ्चित गरेको र त्यसैको आक्रोशका रूपमा युवाहरूले शुक्रबार प्रदर्शन गरेको भन्दै सरकारले इपीएस शाखाका हाकिमलाई निलम्बन गर्न लागेको छ । 

ईपीएस शाखामा महानिर्देशक डण्डुराज घिमिरे छन् भने निर्देशक गुरुदत्त सुवेदी छन् । बालकुमारी घटनामा निर्देशक सुवेदी दोषी देखिएको भन्दै सरकारले उनलाई निलम्बन गर्न लागेको स्रोतले खबरहबलाई बताएको छ। शुक्रबारको बालकुमारीमा ललितपुरका डीएसपी उमेश लम्सालको नेतृत्वमा १२५ जना प्रहरी खटिएका थिए ।

त्यसै गरी बालकुमारीमा प्रहरीको काण्डमा खटिएका डिएसपी पनि दोषी देखिएकाले उनलाई निलम्बन गर्न लागिएको स्रोतको भनाइ छ । बैठकले प्रहरी नायब उपरीक्षक डिएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक सई बोधराज दनुवारलाई निलम्बन गर्ने समेत तयारी गरेको छ ।

यसैबीच सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने सिफारिस समेत गरेको छ ।  यसको निर्णय समेत मन्त्रपरिषद् बैठकबाट हुने छ ।

यसैबीच ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा जिम्मेवारी दिने सरकारको तयारी छ । 

प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितलाई गृहमन्त्रालयमा पठाउँने पनि अनौपचारिक निर्णय छ । अहिलेको बैठकले औपचारिक निर्णय लिने छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  २ : ४९ बजे

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक

लागुऔषधसहित सात जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली– कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ