पर्सालाई हराउँदै पुलिसले जित्यो प्रो क्लबको उपाधि « Khabarhub

पर्सालाई हराउँदै पुलिसले जित्यो प्रो क्लबको उपाधि


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पुलिस क्लबले वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले पर्सा-११ लाई १०० रनले पराजित गर्दै उपाधि जितेको हो।

नेपाल पुलिसले दिएको १४६ रनको लक्ष्य पछाएको पर्सा ११ ओभरमा केवल ४५ रन बनाएर अल आउट भएको थियो।

पर्साका लागि अनिल शाहले सर्वाधिक १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। पर्साको ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा पुलिसका सागर ढकालले सर्वाधिक ४ विकेट लिएका थिए भने ललित राजवंशी र रशिद खानले २-२ विकेट लिएका थिए। त्यस्तै करण केसी र शेर मल्लले एक एक विकेट लिएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। पुलिसका लागि करण केसीले विस्फोटक १७ बलमा ४० रन बनाएका थिए भने अर्जुन साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ र कप्तान आसिफ सेखले १६ रन बनाएका थिए।

यस खेलमा पर्साका नियमित कप्तान सन्दीप लामिछाने खेलेका थिएनन्। शुक्रबार काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्का

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : २४ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै