स्वास्थ्य क्षेत्रमा सुधारका राम्रा काम सुरु गरेको छु : मन्त्री बस्नेत | Khabarhub Khabarhub

स्वास्थ्य क्षेत्रमा सुधारका राम्रा काम सुरु गरेको छु : मन्त्री बस्नेत


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा निकै सुधारका राम्रा काम सुरु गरेको बताएका छन् ।

शनिबार सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी माविमा आयोजित निःशुल्क विशेषज्ञ आयर्वेद स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले संविधानमा उल्लेख जनताको स्वास्थ्यको अधिकारलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा सुधारका धेरै राम्रा काम सुरु गरेको बताएका हुन् ।

उपचार नपाएर सर्वसाधारणले मृत्युवरण गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न आफू लागिपरेको उनले बताए । उनले चिकित्सा क्षेत्रको अध्ययनका लागि आवश्यक कानुन तयार गर्ने र स्वास्थ्य दरवन्दी बढाउने काम छिटै हुने जिकिर गरे ।

पढ्न नपाएकै कारण विदेश जानुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि पनि स्वदेशमा पढ्न पाउने अवस्था सिर्जना गर्नुपर्ने उनले बताए । त्यस्तै मन्त्री बस्नेतले देशभरका स्वास्थ्य संस्थालाई पूर्वाधार युक्त बनाइने धारणा राखे ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : ३७ बजे

एक पाण्डव गोप्य राखेर फिल्म ‘पाँच पण्डव’को शुभमुहूर्त

काठमाडौं– दीपकराज गिरी र जितु नेपालको सहकार्य हुने भनेर चर्चा

भेडापालनमा भविष्य खोज्दै आस्मन

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन

पुनःनिर्माण कोषमा छ करोड २४ लाख संकलन

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी

यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई

चितवन राष्ट्रिय निकुञ्जमा बाक्लो सङ्ख्यामा देखिन थाले बाघ

चितवन– सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले